कृषिमा बिचौलिया र उद्योगमा लोडसेडिङ प्रमुख चुनौति: राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षको नेपालको आर्थिक अबस्थाको बारेमा ५७ जिल्लामा विबिध पक्षको अध्ययन गरेर प्रतिबेदन सार्बजनिक गरेको छ ।
राष्ट्र बैंकको अनुसन्धान विभागले अध्ययन गरेर सार्बजनिक गरिएको प्रतिबेदनले देशको आर्थिक अबस्था सन्तोषजनक रहेको देखाएको छ । तर, यति हुँदाहुँदै पनि अर्थतन्त्रका खास क्षेत्रहरुको बिकास र विस्तारको लागि विशेष प्रकारका चुनौति रहेको राष्ट्र बैंकले औल्याएको छ ।
राष्ट्र बैंकले यस्ता चुनौति देखेको छ ।
कृषि क्षेत्र
अव्यवस्थित प्लटिङ्गले कृषि योग्य जमिन क्षय हुँदै गइरहेको अवस्था छ । बाँकी रहेको जमिन पनि कृषि श्रमिकको अभावमा बाँझो रहने क्रम बढ्दो छ । खेती योग्य जमीन घडेरीमा परिणत गरिने कार्य रोक्नु र यस्ता जमीनमा पूूर्णतः खेती गरिनु यस क्षेत्रको पहिलो चुुनौती रहेको छ ।
केही समय यता कृषि क्षेत्रमा युवा पिँढिको आकर्षण बढ्दो छ, जसबाट यस क्षेत्रमा व्यवसायीकरणको सम्भावना शुरु भएको छ । राज्यको तर्फबाट समयमै उन्नत बीउ–बीजन, रासायनिक मल, किटनाशक औषधी तथा आधुनिक यन्त्र–उपकरणहरुको उपलब्धता सुनिश्चित गरी यस क्षेत्रलाई व्यवसायीकरणको मार्गमा अगाडी बढाउनुपर्ने आवश्यकता छ । तर, वास्तविक योजना र समयोचित कार्यान्वयन विना कृषिका आधारभूत आगत तथा यन्त्र–औजार पर्याप्त मात्रामा यथासमय उपलब्ध गराउने कार्य चुुनौतीपूर्ण छ ।
साथै सडक संजालको पर्याप्तता, दुर्गम स्थानहरुमा सरकारको न्यून उपस्थितिका कारण बजारको उचित व्यवस्थापन, कृषि क्षेत्रलाई उत्पादन देखि वितरण र निर्यात सम्म लागत–प्रभावी बनाउने, कृषि कर्जासम्म किसानको पहुँच पुर्याउने र सरकारको कृषि कार्यक्रमलाई वास्तविक कृषक सम्म पु¥याउने जस्ता चुनौतीहरु पनि सरोकारवाला निकायहरुको लागि रहेको छ ।
कृषि उत्पादनलाई अन्तिम उपभोक्तासम्म पु¥याउने संयन्त्रमा विचौलियाहरुको अति र अनावश्यक उपस्थितिले किसानहरुले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेका तथा उपभोक्ताहरुले बढी मूल्य तिर्नुपर्ने अवस्था अझै विद्यमान छ । कमजोर अनुगमनका कारण जरैदेखि फष्टाएका बिचौलियाहरुको अनावश्यक उपस्थितिलाई उन्मूलन गर्नु चुुनौतीपूर्ण रहेको छ ।
देशका अधिकांश किसानहरु तल्लो तथा मध्यमवर्गीय रहेका हुँदा जलबायु र प्राकृतिक प्रकोपसँग जुध्ने प्रविधि अवलम्बन गर्न सक्तैनन् । तर देशमा बर्सेनि कुनै न कुनै रुपमा यस्ता प्राकृतिक विपत परिरहने हुँदा प्रविधि र आर्थिक स्रोतको अभावमा कृषि क्षेत्रलाई यी विपत तथा प्रकोप प्रतिरोधात्मक बनाउने कार्य चुुनौतीपूर्ण रहेको छ ।
कृषि क्षेत्रको उत्पादकत्व बढाउन सिँचाइको भूूमिका अपरिहार्य छ । मुलुक जलस्रोतमा सम्पन्न भएपनि कुल खेती गरिएको क्षेत्रफलको आधा भन्दा कम जमीनमा मात्र सिँचाई सुविधा उपलव्ध छ । मनसुनमा आधारित कृषि क्षेत्रलाई आधुनिक प्रकृतिका नहर÷कुलोमार्फत वर्षैभरी यथेष्ट सिँचाई सुविधा उपलव्ध गराउनुपर्ने चुनौती रहेको छ ।
उद्योग क्षेत्र
उद्योग क्षेत्रको विकास, मुल्य तथा बाह्य क्षेत्र स्थिरता र रोजगारीको अवसर सृजना सम्बन्धी समस्याको मुल समाधान हो । देशमा बन्द, हडताल जस्ता समस्यामा उल्लेख्य कमी आए तापनि उद्योग दर्ता तथा संचालन क्षमता उपयोगमा खासै सुधार आएको छैन । आर्थिक स्थिरता कायम गर्दै स्वदेशी तथा विदेशी लगानी भित्र्याउनु अझै चुुनौतीपूर्ण छ ।
बिद्युत आपूूर्तिमा क्रमिक सुधार आइरहेको भए तापनि उद्योग क्षेत्रमा केहि घण्टाको लोडसेडिङ्ग अद्यापि कायमै रहेकोले औद्योगिक क्षेत्रमा चौबिसै घण्टा बिजुली आपुर्ति हुने व्यवस्था मिलाउने र भारतबाट आयातित विद्युतमा निर्भरता कम गर्दै लैजानुपर्ने चुुनौती छ ।
उद्योगी÷व्यवसायीहरुमा लगानीका लागि मनोबल बढाउन र औद्योगिक उत्पादनलाई लागत प्रभावी बनाउन विशेष आर्थिक क्षेत्र, औद्योगिक प्रवर्धन क्षेत्र, सडक सञ्जाल, प्रविधि जस्ता औद्योगिक पूर्वाधारको विकास गर्नु चुुनौतीपूर्ण छ ।
औद्योगिक उत्पादनको लागि बजारको अभावले उद्योग क्षमता पूर्ण रुपमा उपयोग गर्न सकिएको छैन । विश्वव्यापीकरण र आर्थिक उदारीकरणले निम्त्याएको प्रतिस्पर्धासँग सामना गर्न नसकेर नेपाली उत्पादनको स्वदेशी तथा अन्तराष्ट्रिय बजार खस्कँदो स्थितिमा छ । स्वदेशी उत्पादनलाई लागत प्रभावी र गुणस्तरीय बनाई अन्तराष्ट्रिय बस्तुसँग प्रतिस्पर्धाको क्षमता विकास गर्नु यस क्षेत्रको लागि प्रमुख चुुनौती रहेका छन् । तुलनात्मक लाभका वस्तुहरु भनी पहिचान गरिएका वस्तुहरुको समेत लागत प्रभावी रुपमा उत्पादन गर्न नसकिएको अवस्था छ । अन्तराष्ट्रिय बजारमा यस्ता वस्तुहरुको निर्यात प्रवद्र्धन गरी अपेक्षित लाभ हासिल गर्ने कार्य अझै चुनौतीकै रुपमा रहेको छ ।
नेपाल सरकार तथा निजी क्षेत्रको लगानीमा रहेका उद्योगहरु रुग्ण हुँदै जाने क्रम अझै रोकिएको छैन । यस्ता रुग्ण उद्योगहरुको पुनरुत्थान गर्ने कार्य पनि चुुनौतीपूर्ण छ ।
सेवा क्षेत्र
पर्यटन क्षेत्रतर्फ हवाई सेवालाई सुविधासम्पन्न बनाउन स्वदेशी वायुसेवा कम्पनीहरुमा नयाँ विमान थप्ने तथा प्रत्यक्ष गन्तव्य थप्ने, एक मात्र अन्तराष्ट्रिय विमानस्थललाई विस्तार गर्ने र विमानस्थलका सेवा व्यवस्थित बनाउने तथा क्षेत्रीय विमानस्थलको निर्माण कार्य तदारुकताका साथ समयमै सम्पन्न गर्ने जस्ता कार्य गर्नु अपरिहार्य छ । पर्यटनको लागि अद्वितिय क्षेत्र रहँदा रहँदै पनि विगत लामो समय देखि केही निश्चित गन्तव्यमा पर्यटन क्षेत्र सीमित रहेको स्थिति छ । नयाँ पर्यटन क्षेत्रहरुको पहिचान गर्ने र उक्त क्षेत्रमा पर्यटकको लागि आधारभूत सुविधाको व्यवस्था गर्ने, भूकम्पबाट क्षतीग्रस्त ऐतिहासिक पर्यटकीय सम्पदाहरुको यथाशीघ्र पुनर्निर्माण तथा हिमाली क्षेत्रका पदमार्गहरुको मर्मत सम्भार गरी पर्यटकहरु आकर्षित गर्ने जस्ता कार्यहरु गरी पर्यटन क्षेत्रलाई विस्तार गर्नु चुनौतीपूूर्ण रहेको छ ।
शिक्षामा सरकारी लगानी वृद्धि भए तापनि सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर अपेक्षित रुपमा कायम हुन सकेको छैन । र, विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका वाल–वालिकाहरुको शिक्षामा सहज पहुँच पुग्न सकेको छैन । सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर कायम गर्नु, दुर्गम तथा ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुमा योग्य शिक्षकको आपूर्ति तथा उपस्थिति सुनिश्चित गर्नु आवश्यक छ । साथै, शिक्षा प्रणाली व्यवसायिक तथा रोजगारीमूलक बनाउनु, समाजका सबै वर्गहरुको शिक्षाका सबै विधामा पहुँच सुनिश्चित् गर्नु आवश्यक छ ।
ग्रामीण तथा दुर्गम क्षेत्रमा अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउनु, उक्त क्षेत्रका सबै स्वास्थ्य चौकीहरुमा विशेषज्ञ चिकित्सकहरुको उपस्थिति अनिवार्य गर्नु, औषधिको उपलब्धता सुनिश्चित् गर्नु आवश्यक छ । ग्रामीण क्षेत्रमा आधुनिक स्वास्थ्य सुविधाको सहज पहुँच पु¥याउनु चुनौतीपूूर्ण छ ।
बैंक तथा वित्तीय संस्थाहरुले ग्रामीण क्षेत्रहरुमा शाखा विस्तार गर्दै लगेपनि भौगोलिक विकटताका कारण शाखा विस्तार सदरमुकाममै सीमित रहेका कारण अझै कतिपय दुर्गम तथा ग्रामीण क्षेत्रमा बैंकिङ्ग सुविधा उपभोग गर्न सदरमुकाम सम्मको लामो दूूरी पार गर्नुपर्ने बाध्यता छ भने कतिपय ठाउँका जनता आधुनिक बैंकिङ्ग सेवाको पहुुँचमा आउन सकेका छैनन् । दुर्गम क्षेत्रमा बैंकिङ्ग सेवा उपलब्ध गराउनको लागि आवश्यक पुर्वाधार र सुरक्षा व्यवस्थाको प्रत्याभुुति दिनुु र यस्ता क्षेत्रहरुमा आधुनिक बैंकिङ्ग सेवाको विस्तार मार्फत बचतकर्ताहरुमा बैंकिङ्ग बानीको विकास गर्ने र संकलित वित्तीय साधन सोही क्षेत्रको कृषि, घरेलु तथा साना उद्योगको प्रवद्र्धनमा उपयोग गर्नुपर्ने चुनौती रहेको छ ।
पूर्णरुपमा आयातित पेट्रोलियम पदार्थमा निर्भर रहेको सडक यातायातलाई उर्जाका अन्य विकल्प विशेष गरी विद्युतीय सवारी साधनबाट प्रतिस्थापन गर्नुपर्ने, अवैधानिक रुपमा चलन चल्तीमा रहेको यातायात क्षेत्रको सिण्डिकेट प्रणाली व्यावहारिक रुपमै अन्त्य गर्नुपर्ने, यातायातका साधनबाट थपिएको वातावरण प्रदुषणलाई नियन्त्रण गर्न मिति नाघेका सवारीसाधनहरुलाई रोक लगाउने र वातावरण मैत्री साधनहरु प्रयोगमा ल्याउनुपर्ने चुुनौती रहेको छ ।
पूर्वाधार क्षेत्र
पर्याप्त बजेटको अभाव तथा राजनैतिक, भौगोलिक, नीतिगत एवम् प्राविधिक कमजोरीका कारण विनियोजित बजेट समेत समयमा खर्च हुन नसकी राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणमा अपेक्षित प्रगति हुन सकिरहेको छैन । ठेक्का कम्पनी तथा लगानीकर्ताबीचको असमझदारी पूर्वाधार सम्वन्धी परियोजनाहरुको निर्माणका लागि समस्याकै रुपमा रहिआएको छ । कमसल कच्चा पदार्थको प्रयोगले निर्माण सम्पन्न कतिपय पूर्वाधारहरु कम गुणस्तरका रहेका पाइन्छन् । निर्माण कार्य निर्धारित समयमै र गुण्स्तर कायम गरी सम्पन्न गनुुपर्ने चुनौतीहरु विद्यमान छन् ।
कतिपय निर्माण सम्पन्न भइसकेका पूर्वाधारहरु सरोकारवालाको चासो, प्रविधि तथा प्राविधिक जनशक्तिको अभावका कारण मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गइरहेको अवस्था छ । अतः सञ्चालनमा रहेका पूर्वाधारहरुको उचित मर्मत सम्भारको कार्य समेत चुनौतीपूर्ण रहेको छ ।
सीमित आन्तरिक वित्तीय स्रोतबाट आगामी दिनमा पूर्वाधारको बढ्दो संघीय, प्रादेशिक तथा स्थानीय तहको माग व्यवस्थापन गर्नुपर्ने चुुनौती छ ।
भूकम्पबाट क्षतिग्रस्त आवास, सांस्कृतिक सम्पदा, भौतिक तथा सामाजिक पूर्वाधारहरु पुनर्निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न सकिरहेको छैन । अनुदान वापतको रकम उपलव्ध हुनमा समेत ढिलाई भइरहेको स्थिति छ । यस्तो अवस्थामा भौतिक संरचनाहरुलाई भूकम्प प्रतिरोधी बनाउंदै यथाशीघ्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने चुनौती रहेको छ ।