एप्पलले ३ नयाँ फोन ल्याउदै, अहिलेको भन्दा निकै सस्तो हुने, यस्ता हुन्छन् बिशेषता



शंकेतिक तस्बिर

काठमाडौं । एप्पलले आगामी वर्ष ठूलो ब्याट्री सहितको तीन नयाँ आइफोन लन्च गर्ने भएको छ । यसमा ब्याट्रिका आयु लामो हुने केजीआई सेक्युरिटिजका विश्लेषक मिङ चि कुओले बताए । यो फोनमा उच्च क्षमताको ब्याट्रि हुनेछ । कम्पनीले अहिले बजारमा बिक्री भइरहेका फोन भन्दा सस्तो हुने दावी गरेको छ ।

यो ब्याट्री दुईवटा सेल भएको छ भने ब्याट्रि कोरियाली सप्लायर एलजीसीले उपलव्ध गराएको हो । ब्याट्रि चारकुने आकारको भन्दा पनि एल आकारको रहेको छ । यसले आईफोनमा एप्पललाई ब्याट्रिलाई सम्भव भएसम्म खुम्च्याउन सहयोग पुर्याउने छ ।

कुओको टिप्पणीलाई पहिलो पटक गत सात एप्पल इनसाइडरले बिहीबार सार्वजनिक गरेको थियो । एप्पलको हाई इन्डको २०१८ को आइफोनमा ६.५ इन्चको ओएलईडी स्क्रिन र ३३०० एम एएच देखि ३४०० एमएएच ब्याट्रि हुनेछ ।

एप्पलको सबैभन्दा ठूलो आईफोन एक्समा भएको आईफोन ब्याट्रि २.७१६ एमएएच भन्दा पनि ठूलो हो । निकीले एप्पलले उच्च गुणस्तरको आईफोनमा नयाँ ६.३ इन्चको स्क्रीन ल्याउने प्रयास गरिरहेको प्रकाशित गरेको थियो ।

एप्पलले ओएलईडी प्यानल सहित ५.८ इन्च आईफोन लन्च गर्ने पनि केजीआईले जनाएको छ । यो हालको आईफोन एक्सको स्क्रीनकै आकारको हो ।

अन्ततः एप्पलले ६.१ इन्चको परम्परागत एलसीडी डिस्प्लेको आईफोन बिक्री गर्ने कुओले बताए । खर्चको हिसाबले एलसीडी आईफोन उपभोक्ताका लागि योग्य हुने छ । यो स्क्रीनको मूल्य नयाँ ओएलईडी प्यालनको भन्दा सस्ता हुने भएकाले पनि उपभोक्ताका लागि उपयुक्त हुने अपेक्षा गरिएको हो ।


क्लिकमान्डु