प्रचण्डलाई फेरि चाहिएछ रामचन्द्र पौडेल, नारायणकाजी र बामदेबको हार बारे यसो भने




काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल संसद्मा आउनुपर्ने व्यक्ति भएको बताएका छन् ।

उनले चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेल संसद्मा आउनुपर्ने व्यक्ति भएपनि निर्वाचनमा पराजित हुँदा आफूलाई पनि दुःख लागेको बताए ।

उनले नयाँ शक्तिका संयोजक डा बाबुराम भट्राईको विजयलाई स्वभाविक रुपमा नै लिए । उनले भने ‘वामगठबन्धनमा उनी आफै बाउठिएर हिडेका हुन्, जितेका छन । यसलाई सकारात्मक रुपमा नै लिनु पर्छ ।’

तर वामगठन्धनका सुत्राधार मानिएका वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पराजित हुँदा आफूलाई असजिलो महसुस भएको प्रचण्डले बताए ।

गौतम र श्रेष्ठको पराजका बारेमा समीक्षा हुने उनले बताए । ‘उहाँहरुले जित्नुपर्ने थियो, तर के कारणले पराजय भोग्नु पर्यो । सो बारेमा काठमाडौं गएपछि समीक्षा हुन्छ,’ दाहालले भने ।


क्लिकमान्डु