बैंकर झपट बोहरा प्रदेशसभामा निर्वाचित




काठमाडौं । पूर्वबैंकर झपट बोहोराको राजनीतिक इनिङको सुखद सुरुआत हुने देखिएको छ । तत्कालिन मालिका विकास बैंकका कार्यकारी अध्यक्ष बोहोरा अछाम जिल्लाबाट प्रदेशसभा सभासद निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार बोहोरा १३९३७ मत प्राप्त गरी विजय भएका छन् । उनका प्रत्यासी नेपाली काँग्रेसका उम्मेदवार टेकबहादुर साउदले ८३५० मत प्राप्त गरेका छन् ।

नेपाल विकास बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका बोहोरा अछाम क्षेत्र नम्बर २ अन्तरगको खमा माओबादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका थिए ।

उनी कर्णाली विकास प्राधिकरणको पूर्वअध्यक्ष पनि हुन् । यस्तै मालिका विकास बैंक छोडेपछि ग्रोमर मर्चेन्ट स्थापना गरेका बोहोरा सिनर्जी फाइनान्स कम्पनीको संचालक समिति अध्यक्ष पनि बनेका थिए । तत्कालिन मालिका विकास बैंक भने अहिले मर्जर एक्विजिसनको कारण महालक्ष्मी विकास बैंकमा समाहित भएको छ ।


क्लिकमान्डु