हवाई भाडा बढ्यो, अब जहाज चढेर कहाँ जान कति लाग्छ ?



काठमाडौं । मंगबारदेखि हवाई भाडा बढ्ने भएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेपछि हवाइ भाडा पनि बढाइएको हो ।

नेपाल आयल निगमले शुक्रबार आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँ प्रति लिटर मुल्य बढाएको थियो । इन्धनको मुल्य बढेसँगै हवाई भाडा वृद्धि भएको हो ।

आन्तरिक उठानमा सबैभन्दा धेरै धनगढीको भाडा बढेको छ । धनगढीको भाडा २ सय २० रुपैयाँले बढेको छ । यस अघि धनगढीको भाडा २१ हजार १ सय रुपैयाँ थियो । मंगलबारदेखि धनगढीको भाडा १२ हजार ३ सय २० रुपैयाँ हुन्छ ।

सिमराका लागि ४५ रुपैयाँ भाडा बढेको छ । यसअघि सिमराको भाडा ३ हजार ५ रुपैयाँ थियो । मंगलबारदेखि सिमराको भाडा ३ हजार ५० रुपैयाँ हुन्छ ।

सूचीसहित


पुष्प दुलाल