देशभर पार्टीको कन्तबिजोग हुँदा काँग्रेस सभापति र महामन्त्री प्रतिस्पर्धीभन्दा निकै अगाडि




काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली काँग्रेसको देशभर कन्तबिजोग हुँदा पनि काँग्रेस सभापति र महामन्त्री प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् ।

दुबै पदाधिकारीको निर्वाचन क्षेत्रमा मत गणना जारी रहेपनि उनीहरुको अग्रता प्रतिस्पर्धीभन्दा निकै बढी देखिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले उनका प्रतिस्पर्धीभन्दा निकै बढी मत ल्याएका छन् । यद्यपि यो मत परिणाम प्रारम्भिक मात्रै हो ।

डडेलधुराबाट उम्मेदवार बनेका देउवाले १४०५६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी माओबादी केन्द्रका उम्मेदवार खगराज भट्टले ८४४८ मत ल्याएका छन् ।

यस्तै काँग्रेस महामन्त्री डा. सशांक कोइरालाले पनि आफ्ना प्रतिस्पर्धीभन्दा निकै बढी मत नै ल्याएर अग्रता कायम गरिरहेका छन् ।

नबलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका डा. कोइरालाले १२२१८ मत पाएका छन् । उनका प्रत्यासी माओबादी केन्द्रका उम्मेदवार भविसोर पराजुलीले ८५८५ मत पाएका छन् ।

यसअघि नै काँग्रेसका लोकप्रिय युवा नेता गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट जित हासिल गरिसकेका छन् भने अर्का नेता प्रकाशमान सिंहले काठमाडौं १ बाट विजय प्राप्त गरेका छन् । (४ बजेर ५० मिनेट जादा अध्याबधिक गरिएको)


क्लिकमान्डु