नुवाकोटमा क्लिनस्वीप गर्ने अबस्थामा बामगठबन्धन




काठमाडौं । नुवाकोटमा प्रतिनिधिसभा र प्रदेशसभामा बामगठबन्धनले क्लिनस्वीप गर्ने संकेत मिलेको छ । प्रतिनिधिसभा र प्रदेशसभामा बामगठबन्धनका उम्मेदवारले फराकिलो मतान्तर बनाउदै गरेका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसका प्रभावशाली नेता मानिएका डा. रामशरण महत र अर्जुन नरसिंह केसी बामगठबन्धनका प्रत्यासीभन्दा निकै पछाडि परेका छन् ।

प्रतिनिधिसभातर्फको क्षेत्र नम्बर १ मा माओबादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले १३९८० मत प्राप्त गरेका छन् । काँग्रेस उम्मेदवार डा. महतले ११५०० मत मात्रै पाएका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार नारायणप्रसाद खतिवडाले १८०६४ मत पाएका छन् । काँग्रेस उम्मेदवार केसीले जम्मा १२९१४ मत मात्रै पाएका छन् ।

प्रदेशसभातर्फ पनि बामगठबन्धनका उम्मेदवार निकै अगाडि देखिएका छन् । क्षेत्र नम्बर १ को कमा माओबादी उम्मेदवार राधिका तामाङले ७४९० मत पाएकी छन् भने काँग्रेस उम्मेदवार महेन्द्र थिङले ५५७१ मत मात्रै पाएका छन् ।

क्षेत्र नम्बर १ कै खतर्फ एमाले उम्मेदवार बद्री मैनालीले ९६६८ मत पाएका छन् । काँग्रेस उम्मेदवार रमेशकुमार महतले ५०९० मत मात्रै पाएका छन् ।

क्षेत्र नम्बर २ को कमा एमाले उम्मेदवार केश पाण्डेले ९६६० मत पाएका छन् । काँग्रेस उम्मेदवार जगदिश्वर नरसिंह केसीको पक्षमा ६११२ मत मात्रै छ ।

क्षेत्र नम्बर २ कै खतर्फ माओबादी उम्मेदवार हिरानाथ खतिवडाले ६८८६ मत पाएका छन् । काँग्रेस उम्मेदवार जगतबहादुर तामाङको ५६३८ मत मात्रै छ ।


क्लिकमान्डु