न्यू योर्कमा ११ नेपाली व्यक्तित्व एवं ३ नेपाली संस्थाहरु सम्मानित



न्यू योर्क, अमेरिका । युएसनेपालअनलाइन डट कमको १० औं वार्षिकोत्सब डिसेम्बर २ तारिख, शनिवार न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्स स्ट्रिटस्थित शेर्पा किदुग युएसएको सभा कक्षमा मनाईएको छ । युएसनेपालअनलाइनको प्रकाशन शुरु सन् २००७ डिसेम्बर ३ तारिख भएको थियो।

सपाली पनि बिगतका वर्षहरुमा जस्तै समाजमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई अतिथी सम्मानद्वारा कदर गरिएको छ भने युवा प्रतिभाहरुलाई युवा प्रतिभा पहिचान पुरस्कार द्वारा सम्मान गरिएको छ ।

अतिथी सम्मानद्वारा कदर गरिएका ब्यक्तित्वहरुमा वरिष्ठ नाट्यकर्मी राम राज छेत्री, न्यू योर्क शहर सबवे सिस्टमका टनेल ईन्जिनियार मेख गुरुङ, सामाजिक अभियन्ता दुर्गेश जङ्ग कार्की, वकिल एवं एनआरएन अमेरिकाका निवर्तमान प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल, मिस नेपाल युएसका संस्थापक अमित शाह, न्यू योर्ककि महिला ब्याबसायी सूर्य श्रेष्ठ महर्जन र गीतकार पद्मा लिंखा मगर छन् भने अतिथी सम्मानु द्वारा कदर गरिएका नेपाली संस्थाहरुमा अधिकार, युनाईटेड शेर्पा एशोसिएसन युएसए र रिजवूड नेपाली समाज छन् ।

त्यसैगरी, युवा प्रतिभा पहिचान पुरस्कारबाट संयुक्त राष्ट्र संघ युवा एसेम्बली प्रेसिडेण्ट जोली अमात्य, युवा लेखक राजन थपलिया, अमेरिकि पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा प्रेसिडेन्सियल अनर रोलद्वारा सम्मानित युवा कन्चन अमात्य र डेभ्लप्मेण्ट डिले हुने बालबालिकाहरुको रोगको रोकथाम सम्बन्धी क्षेत्रमा सकृय युवा प्रियंका थापालाई सम्मान गरिएको छ ।

युएसनेपालअनलाइनकि आजिवन सदस्य शारदा छेत्रीको सभापतित्वमा आयोजित उक्त समारोहमा स्वागत मन्तब्य एवं अन्तरराष्ट्रिय नेपाली साहित्य समाज अनेसास कि पूर्व केन्द्रिय अध्यक्ष गीता खत्रीले गरेकी थिईन् भने प्रमुख अतिथीको रुपमा उपस्थित नेपाल सरकारका कन्सुलर कृसु छेत्रीले सम्मानित ब्यक्तिवहरुलाई कदर पत्र र परम्परागत खादाद्वारा सम्मान गरेका थिए ।

सम्मानित ब्यक्तित्वहरुको परिचय युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप परियार थापा मगरले प्रस्तुत गरेका थिए । सम्मानित ब्यक्तिवहरुले सम्बोधन गर्दै समाजका लागि थप योगदान पुर्‍याउन जिम्मेवारी बढेको उल्लेख गरेका थिए ।

समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादूर देउवा र एनआरएन आईसिसी अध्यक्ष भवन भट्टद्वारा पठाईएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।

वार्षिकोत्सब समारोहका अवसरमा न्यू जर्सी राज्य अमेरिकाको जर्सिसिटी शहरका मेयर स्टेभन एम फुलपद्वारा युएसनेपालअनलाइनको १० औं वार्षिकोत्सबका अवसरमा प्रोक्लेमेसन घोषणापत्र जारी गर्दै सम्मान गरेका छन् । प्रोक्लेमेसनमा युएसनेपालअनलाइनले नेपाल र अमेरिकामा रहेका नेपाली समाजलाई आधा विश्व टाढाबाट जोड्ने काम गरेको भन्दै जर्सी सिटी शहर गौरवान्बित बनेको उल्लेख गरिएको छ ।

त्यसैगरी, जर्सी सिटी काउन्सिलद्वारा रिजोलुसन प्रस्ताव पारित गर्दै युएसनेपालअनलाइनको १० औं वार्षिकोत्सबका अवसरमा बधाई ज्ञापन गरिएको छ ।

अमेरिकि दुई शहरहरु जर्सी सिटी र न्यू योर्क शहरबाट ३ नेपाली सन्चारकर्मीहरु सम्मानित

अमेरिकि दुई शहरहरु जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारो र न्यू योर्क शहर काउन्सिल सदस्य म्याथ्यु युजिनद्वारा सामुदायिक पत्रकारितामा योगदान पुर्याए बापत ३ नेपाली सन्चारकर्मीहरु युएसनेपाल अनलाइनका प्रधानसम्पादक प्रदीप परियार थापा, खसोखास साप्ताहिकका प्रधान सम्पादक किशोर पन्थी र सम्प्रेषण टेलिभिजन कार्यक्रमका शैलेश श्रेष्ठलाई साईटेसन कदर पत्रबाट सम्मान गरिएको छ ।

त्यसैगरी, समारोहमा न्यू योर्क शहर काउन्सिल सदस्य म्याथ्यु युजिनद्वारा प्रकाश परियारलाई सामाजिक कार्यको लागि साईटेसन कदर पत्रबाट सम्मान गरिएको छ ।

समारोहमा बिभिन्न अथिति वक्ताहरुले सम्बोधन गर्दै युएसनेपालअनलाइनको सफलताको कामना गरेका थिए । शुभकामना मन्तब्य ब्यक्त गर्नेहरुमा प्रमुख अथिति एबं नेपाली वाणिज्यदूत कृसु छेत्री, प्रवासी नेपाली मन्च निवर्तमान अध्यक्ष सन्जय थापा, कारणका लागि महिलाकि डब्ल्यूएफ्सी अध्यक्ष गीता पोख्रेल, ११ वर्शिय बालिका श्रीनिती रिजाल, युवा नेत्री ऐश्वर्या शर्मा, खसोखास साप्ताहिकका प्रधान सम्पादक किशोर पन्थी, एकसयनेपाली डट कमका मतसर्वेक्षण प्रमुख एवं जिमिन संस्थापक अन्जन श्रेष्ठ, र तामाङ सोसाईटी अफ अमेरिकाका पूर्व प्रेसिडेण्ट एवं तामाङ कल्चर एण्ड बुद्धिस्ट सेन्टर ट्रस्टका अध्यक्ष ईन्द्रबहादुर तामाङले सम्बोधन गरेका थिए ।


क्लिकमान्डु