पहिलो पटक काठमाडौंबाट कुवेतको सीधा उडान, भाडा कति ?



काठमाडौं । कुवेतको निजी स्वामित्वमा रहेको वातानिया एयरवेजले मंसिर २० बुधवारदेखि कुवेत–काठमाडौं उडान सुरु गरेको छ । कुवेतबाट पहिलो पटक नेपालामा सीधा उडान सुरु भएको हो ।

एयरवेजले एयरबस ३२० जहाजमार्फत नेपालमा उडान सुरु गरेको हो । कुवेतदेखि नेपालसम्म सिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ ।

यो सेवाको पहिलो उद्देश्य कुवेतीजनतालाई नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु र दोस्रो उद्देश्य नेपालबाट कुवेतमा कामका लागि जाने जनतालाई समस्या रहित सुलभ सेवा मितब्ययी मुल्यमा उपलब्ध गराउने रहेको एयरवेजले जनाएको छ ।

एयरलाइनले आफ्नो सेवाको सुरुवाती कुवेत सम्मको दैनिक उडानका लागि २३ हजार रुपैयाँ भाडा तोकेको छ ।

एयरवेज्ले विश्वभरका ११ गण्न्तब्य सम्मका लागि उडान सेवा उपलब्ध गरिरहेको छ । साथै, कम्पनीको काठमाडौंबाट दोहा, बहराइन, बाकु र अन्य विभिन्न स्थानकालागि सहज सञ्जाल विस्तार हुने जनाएको छ ।

‘नयाँ उडान सेवाको आगमनले नेपालको पर्यटन क्षेत्र तथा नेपालीलाई उल्लेख्य सहयोग प्राप्तहुनेछ,’ वतानिया एयरवेज, काठमाडौंका लागि स्टेशनम्यानेजर रुपेश झाले भने, ‘यसले नेपालीलाई कुवेतमा कामको थप अवसर समेत प्राप्तहुने हामीलाई विश्वास छ ।’

कुवेतमा ९० हजारभन्दा बढी नेपालीहरु रहेको अनुमान छ । नेपालसँग सीधा हवाई मार्गमा जोडिदाँ नेपाली कामदारहरुलाई विषेश फाइदा पुग्ने अनुमान गरिएको छ ।

हाल फ्लाई दुवई, कतार एयरवेज, ओमन एयर लगायतले आफ्नो देशमा ट्रान्जिट गर्दै कुवेत लैजादैं आएको छ । जसका कारण घन्टौ ट्रान्जिटमा बस्नु पर्ने बाध्यता हट्ने छ । कुवेत–काठमाडौं तथा काठमाडौं–कुवेत सीधा उडान पाँच घन्टाको मात्रै हुने छ ।


पुष्प दुलाल