बीमा संस्थानको प्रशासकका लागि छानिए ५ जना, कसले मार्ला बाजी ?




काठमाडौं । बीमा संस्थानको प्रशासकका लागि ५ जना प्रतिस्पर्धी छनोट गरिएको छ । अर्थमन्त्रालयका सहसचिब उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित समितिले ती ५ जनालाई अन्तरवार्ता र प्रस्तुतीकरणको लागि बोलाउने निर्णय गरेको हो ।

प्रशासक छनोट समितिले बर्णानुक्रम अनुसार काठमाडौं सिफलका गणेशराज कार्की, काठमाडौंकै बत्तिसपुतलीका दामोदर सापकोटा, काठमाडौं चोभारका राजेन्द्र जंग कार्की, धुम्बाराहीका डा. शिवहरि श्रेष्ठ र पाल्पा तानसेनका सुरेन्द्र थापालाई अन्तिम ५ प्रतिस्पर्धीमा छनोट गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

यसरी छनोट भएका ५ जना उम्मेदवारमध्ये उनीहरुको ब्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताबाट योग्य ठहर गरिएका एक जनालाई सरकारले संस्थानको प्रशासकमा नियुक्त गर्नेछ । यसअघिका प्रशासक अश्बिनीकुमार ठाकुरको कार्यकाल सकिएपछि सरकारले खुल्ला प्रतिस्पर्धाबाट प्रशासक नियुक्त गर्न लागेको हो ।


क्लिकमान्डु