निर्धारण हुन सकेन् उखुको मूल्य, फागुनसम्म उखु क्रसिङ्ग गर्नुपर्ने प्रस्ताव



काठमाडौं । उखु उत्पादक किसान र चिनि उत्पादक कम्पनीहरु बीच यहि क्रसिङ्ग सिजनका लागि उखुको मूल्य निर्धारणका लागी बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

मिलगेट उखु उत्पादक संघका अध्यक्ष बेद बहादुर बुढाथोकीले गत वर्षको मुल्य भन्दा यस वर्ष बढि हुनु पर्ने दाबी गरे । विगतको तूलनामा किसानको खेतीको लागत बढदै जानु र उद्योगीले चिनिको मुल्यमा वृद्घि गर्दै लगेकोले उखुको मुल्यवृद्धि हुनुपर्ने भन्देै उद्योगीहरुले लागतलाई उचित सम्बोधन गदै कृषकलाई उखु खेतिमा आकर्षित गर्नुपर्ने उनको भनाई थियो ।

तर चिनी उत्पादक कम्पनीहरुले भने चिनीको अन्तर्राष्ट्रिय मुल्यमा गिरावट आएकाले किसानको माग अनुसारको मूल्य दिन नसकिने बताउँदै आएका छन् ।

उखु किसानहरुले दिनप्रतिदिनको बढ्दो उत्पादन लागतअनुसार मुल्यबृद्धि गर्नृपर्ने माग गरीएको छ । किसानको लागत मुल्य, खेतको जोताई, रासायनिक मल, कटान, ढुवानी लगायतका सम्पूण खर्च दोब्बर भईसकेको अवस्थामा उद्योगीहरुले उचित मुल्य दिन आनाकानी गर्न नहुने किसानहरुको भनाई छ ।

कार्तिक महिनादेखि फागुन महिनासम्म सम्पूर्ण उखु क्रसिङ्ग गरीसक्नुपर्ने प्रस्ताव समेत गरिएको छ । फागुन महिनापछि उखु क्रसिङ्ग गर्दा उखुको रस सुकेर तौल कम हुँदैजाने , गर्मीले गर्दा कामदार नपाउने, आगलागी हुने सम्भावना बढी हुने भएकाले निर्धारित समय भित्रै क्रसिङ्ग गरिसक्नु पर्ने उद्योग संचालनमा ढिलो गर्न नहुने बताईएको छ ।

उखु उत्पादक किसान र चिनि उत्पादक कम्पनीहरु बीच अर्को वार्ता मंसिर २७ गते वस्ने भएको छ ।


क्लिकमान्डु