गौचन हत्याका मुख्य आरोपी पक्राउ



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य आरोपी समिरमानसिंह बस्न्यात पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)को टोलीले बस्न्यातलाई भारतबाट पक्राउ गरेको हो ।

गौचनको गत असोज २३ मा शान्तिनगरस्थित खरिदबोटमा गोली हानेर हत्या भएको थियो । हत्यामा संलग्न सुटरसहित ७ जना पक्राउ परिसकेका छन् ।

भारतमा पक्राउ गरेर ल्याएको भएपनि प्रहरीले गरेको पत्रकार सम्मेलनमा उनलाई चितवनबाट पक्राउ गरिएको जानकारी दिइयो ।


क्लिकमान्डु