विश्वकप २०१८ः कुन देश कुन समूहमा ? (सूचिसहित)



काठमाडौं । सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको फाइनल ड्र शुक्रबार सार्वजनिक भएको छ ।

हिजो सार्वजनिक ड्र अनुसार समुह एफमा दक्षिण कारिया, जर्मनी, स्वेडन र मेक्सिको एकै समुहमा परेका छन् । यो नैयाो विश्वकपको कठिन समुह हो ।

सार्वजनिक ड्र अनुसार समुह ए मा आयोजक रसिया, इजिप्ट, साउदी अरब र उरुग्वे परेका छन् । समूह बी बाट पोर्चुगल, स्पेन, मोरक्को र इरान प्रतिस्पर्धा गर्ने छन् । समूह सीमा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क परेका छन् ।

यसैगरी समूह डी मा अजेन्टिनामा, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया परेका छन् भने समूह ई मा ब्राजिल, स्वीटजरल्याण्ड, कोष्टारिका र सर्बिया परेका छन् । समूह जी मा बेल्जियम, पानामा, ट्युनिसिया र इंग्ल्याण्ड परेका छन् । यस्तै समूह एचमा भने पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान परेका छन् ।


क्लिकमान्डु