मोटरसाइकल छाडेर कार चढ्नेलाई यी हुन् नेपालमा पाइने १५ सस्ता कार (मूल्य सूचीसहित)



काठमाडौं । मोटरसाइकल छाडेर कार चढ्ने रहर सवैमा हुन्छ । तर महंगो मूल्यका कारण के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने मध्यम आय भएकालाई पनि कार चढाउने उद्देश्यले पछिल्लो समय कार निर्माता कम्पनीहरु सस्तो कार निर्माणमा प्रतिस्पर्धा गर्दै आएका छन् ।

नेपालमा पनि सस्ता कारको बिक्री अत्याधिक हुने गरेको छ । १५ लाख देखि २० लाख रुपैयाँसम्ममा सुविधसम्पन्न कार चढ्न सकिन्छ । नेपालमा ४ ब्रान्डमा १५ गाडी मोडलहरु १५ लाख देखि २० लाख रुपैयाँमै खरिद गर्न सकिन्छ ।

अझ बैंकहरुले दिने सहज लोन कारण पनि केही आम्दानी व्यवस्थापन गर्न सजिलो हुन्छ । मध्यम वर्गलाई उनीहरुको आफ्नै गाडीको सपनासँग सहजसँग जोडिरहेका छन् । ३५ प्रतिशत डाउन पेमेन्टमा ६ लाखसम्म खर्चिँदा ग्राहकले कार तत्काल घर लैजान सक्छन् ।

कतिपय गाडी त अपत्यारिलो मूल्यमा किन्न पाइने भएकाले धेरैको ध्यान यस्ता गाडीले खिचेका छन् । गाडी दैनिक आवश्यकताको साधन बन्दै गएको छ । निर्माता कम्पनीहरुले मध्यमवर्गका ग्राहकलाई समेत लक्षित गरी साना गाडी बजारमा ल्याउने क्रम जारी नै छ ।

नेपालमा पछिल्लो समयमा साना, सस्तो र धेरै माइलेज दिने कारहरुको माग बढ्दो क्रममा छ । आजभोलि सडकहरुमा विभिन्न कम्पनीका इन्ट्री लेभलका कारको संख्या बाक्लो देखिन थालेको छ ।

गाडी उत्पादक कम्पनीहरुले पनि मोटरसाइकल छाडेर गाडी किन्न चाहाने मध्यमवर्गलाई लक्षित गरेर इन्ट्री लेभलकै कारमा उत्कृष्ट सुविधा, डिजाइन, इञ्जिन, माइलेज र ग्राउण्ड क्लेयरेन्स प्रदान गरेका छन् । त्यसैले नियमित आम्दानीबाट थोरै बचत गर्न सक्ने उपभोक्तालाई यस्ता गाडीले गजबसँग आकर्षित गरिरहेका छन् । नेपालमा सामान्यतया हुन्डाई र सुजुकी सहित ४ ब्रान्डले सस्तोमै कारहरु बिक्री गर्दै आएका छन् ।

हुन्डाइको इओन
इओन गाडी हुन्डाईको उत्कृष्ट इन्ट्री लेभलको कार हो । सस्तो मूल्यमा उत्कृष्ट डिजाइजसहित विभिन्न विशेषताले भरिपूर्ण भएकाले यो कारलाई धेरैले रुचाएका छन् । चार कलर र २ भेरियन्टमा इओन उपलब्ध छ । ८ सय १४ सीसी क्षमतामा रहेको इओन गाडीको मूल्य १६ लाख देखि १८ लाख रुपैयाँमै पाउन सकिन्छ ।

इओन
इओन डिलाइट-८१४ सीसी-मूल्य-१६ लाख ९६ हजार रुपैयाँ
इओन डिलाईट प्लस-८१४ सीसी-मूल्य-१७ लाख ९६ हजार रुपैयाँ
इओन इरा प्लस-८१४ सीसी-मूल्य-१८ लाख ९६ हजार रुपैयाँ
इओन फुल अप्सन-९९८ सीसी-मूल्य-२२ लाख ९६ हजार रुपैयाँ

मारुती-सुजुकीको अल्टो
इन्ट्री लेभलको अल्टो मारुती-सुजुकीको उत्पादन हो । अल्टोको अपग्रेडेड भर्सन आएपछि उपभोक्ताले अत्याधिक रुचाएका छन् । अल्टो ८०० सीसी इञ्जिन क्षमताको कार हो । यो गाडी ६ वटा कलरमा उपलब्ध रहेका छन् । १ सय ६५ मिलिमटिरको ग्राउण्ड क्लियरेन्स रहेको कारमा ३५ लिटरको पेट्रोल टयांकी छ ।नेपाली बजारमा अल्टोको मूल्य १५ लाख ४९ हजार रुपैयाँबाट हुन्छ भने फूल अप्सन अल्टो २० लाख १९ हजार रुपैयाँसम्म पर्छ ।

अल्टो
अल्टो ८०० स्ट्यान्र्डड-७९६ सीसी-मूल्य-१५ लाख ४९ हजार रुपैयाँ
अल्टो ८०० एसी-७९६ सीसी-मूल्य-१६ लाख ९९ हजार रुपैयाँ
अल्टो ८०० एएक्सआई-७९६ सीसी-मूल्य-१७ लाख ९९ हजार रुपैयाँ
अल्टो के १० भिएक्सआई-९९८ सीसी-मूल्य-२० लाख १९ हजार रुपैयाँ

डाटसन रेडी गो
नेपालीबजारमा न्युनतम् मूल्य नेपाली बजारमा १५ लाख २५ हजार रुपैयाँमै खरिद गर्न सकिने डाटसनको ‘रेडी गो’ लोकप्रिय हुदैं गएको छ । १ हजार सिसीको इञ्जिनवाला रेडी गो पनि १९ लाख ७५ हजारमा किन्न पाइन्छ । रेडीगोको टप भेरियन्ट किन्न भने २० लाख २५ हजार खर्चिनुपर्छ । डाटसन गाडीको नेपाली आधिकारिक विक्रेता पायोनियर मोटोकर्प हो । ‘रेडी गो’ नेपाली बजारमा हुन्डाई इओन र मारुती अल्टोसँग प्रतिस्पर्धा गरिरहेको छ ।
रेडी गो
रेडी गो नन अप्सन-मूल्य-१५ लाख २५ हजार रुपैयाँ
रेडी गो एयरकन्डिसनर-मूल्य-१६ लाख ७९ हजार रुपैयाँ
रेडी गो पावर स्टेरिङ एन्ड एयर कन्डिसनर-मूल्य-१७ लाख ७९ हजार रुपैयाँ
रेडी गो पावर स्टेरिङ, म्युजिक सिष्टम-मूल्य-१८ लाख ७९ हजार रुपैयाँ
रेडी गो फुल अप्सन-मूल्य २० लाख ४९ हजार रुपैयाँ

रेनो क्वीड
रेनो गाडीको नेपालका लागि अधिकृत बिक्रेता एड्भान्स अटोमोवाइन्स प्रालि हो । ‘रेनो क्वीड’ इन्ट्री लेभलको ८ सय र १ हजार सिसीमा उपलब्ध ह्याचब्याक कार हो ।

रेनोले आफ्नो इन्ट्री लेभल गाडी क्वीडमा सकेसम्म धेरै फिचर्स राख्न प्रयास गरेको छ । ड्राइभर सिटमा एयरब्याग, एयर कन्डिसनसहित सुन्दर आन्तरिक सजावटले यसलाई थप आकर्षक बनाएको छ ।

रेनो क्वीडको न्युनतम् मूल्य १९ लाख ८७ हजार ९ सय रुपैयाँ छ । टप भेरियन्टलाई २३ लाख ५२ हजार रुपैयाँ पर्छ ।

रेनो क्वीड
रेनो क्वीड ०.८-७९९ सीसी-मूल्य-१९ लाख ८४ हजार ९ सय रुपैयाँ
रेनो क्वीड १.० एएमटी-९९८ सीसी-मूल्य-२३ लाख ५२ हजार २ सय ९० रुपैयाँ


क्लिकमान्डु