लार्के र याङग्रीको पानी काठमाडौं ल्याउन परामर्शदाता छनोट अन्तिम चरणमा



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा ५१ करोड लिटर पानी ल्याउने लक्ष्यका साथ याङ्ग्री र लार्केको समेत पानी मिसाउने योजनाका साथ प्रक्रिया अगाडि बढेको छ । 

सो परियोजनामा समेत एसियाली विकास बैंकले लगानी गर्ने वचन दिएको छ । हाल निर्माण सम्पन्न हुने क्रममा रहेको आयोजनाबाट मात्रै करिब २१ करोड लिटर लिटर पानी दैनिक आउने अवस्था रहेको छ ।

२०४६ सालपछिको माग सम्बोधन गर्ने लक्ष्यका साथ डिजाइन गरिएको आयोजनाबाट ल्याइने पानीले मात्रै काठमाडौँको माग नधान्ने भएकाले लार्के र याङ्ग्रीको समेत पानी थप गर्न लागिएको हो । लार्के र याङ्ग्रीको पानी ल्याउनका लागि ८ किलोमिटर लामो सुरुङ खन्नुपर्ने हुन्छ । त्यसको लागि आयोजना आवश्यक प्राविधिक तयारी सुरु गरेको छ ।

आगामी केही समयभित्रै काठमाडौँ उपत्यकामा आउन लागेको पानीले काठमाडौँ उपत्यकाको माग सम्बोधन गर्न नसक्ने भएकाले थप पानी ल्याउने उपायको खोजीमा लार्के र याङ्ग्री उपयुक्त विकल्प भएको खानेपानी तथा सरसफाई मन्त्रालयको बुझाइ छ ।

परामर्शदाता कम्पनीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम र दोश्रो चरणमा अघि बढ्ने याङग्री र लार्के नदिको काममा परामर्श सेवा उपलब्ध गराउनेछ ।

मेलम्ची खानेपानी आयोजनाले लार्के र याङ्ग्रीको पानी ल्याउने लक्ष्यका साथ परामर्शदाता छनौटको तयारी सुरु गरेको जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिले याङग्री र लार्के नदीको पानी काठमाडौं ल्याउने कामका लागि परामर्शदाता छनौट अघि बढाएको जानकारी दिएको हो ।

समितिले विभिन्न ६ वटा कम्पनीलाई परामर्श सेवाका लागि प्रारम्भिक छनौटमा पारेको छ । प्रारम्भिक छनौटमा परेकाको प्रस्ताव हेरेर अन्तिम छनौट गरिनेछ ।

परामर्शदाता कम्पनीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम र दोश्रो चरणमा अघि बढ्ने याङग्री र लार्के नदिको काममा परामर्श सेवा उपलब्ध गराउनेछ । आगामी जनवरीभित्र छनौट हुने एउटा परामर्श दाता कम्पनीले आगामी पाँच बर्षसम्म काम गर्नेछ ।

आयोजनाको सुरुङ खन्न करिब एक किलोमिटर मात्रै बाँकी छ । आगामी एक महिना भित्र आयोजनाको सुरुङ खन्ने कार्य सम्पन्न हुने छ । आगामी वैशाखमा काठमाडौँका धारामा पानी खसाल्ने तयारी गरिएको आयोजनाको तयारी रहेको छ । काठमाडौँ उपत्यकामा करिब ४५ किलोमिटर पाइप जडानको कार्य बाँकी छ ।


क्लिकमान्डु