टोयोटाको नयाँ एययूभी ‘अल न्यू रश’ आउँदै, यस्ता छन् विशेषता



काठमाडौं । जापानी सवारी उत्पादक कम्पनी टोयोटाले नयाँ एसयूभी रश ल्याउने भएको छ । सन् २०१८ मा नयाँ एसयूभीको रुपमा ‘अल न्यू रश’ ल्याउने भएको हो । टोयोटाले ल्याउन लागेको यो दोस्रो पुस्ताको एसयूभी हो ।

रशमा १.५ लिटरको फोर सिलिन्डर पेट्रोल इन्जिन छ, जसले १ सय ५ एचपी पावर र १ सय ४० एनएम टर्क दिन्छ । यो फाइभ-स्पिड म्यानुअल र फोर-स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । यसको ग्राउन्ड क्लियरेन्स २ सय २० एमएम रहेको छ ।

सात सिट क्षमता भएको टोयोटा रश सन् २०१८ मा इन्डोनेसियाबाट पहिलो पटक बिक्री गरिने कम्पनीले जनाएको छ । त्यसलगत्तै अन्य देशमा यसको बिक्री सुरु हुने छ । रशमा क्रोम स्लटसहितका ठूला ग्रिल, एलईडी हेडलाइट, एलईडी डीआरएल, चंकी फ्रन्ट बम्पर, एलोई ह्विल आदि रहनेछन् ।

यसको ड्युअल टोन क्याबिनमा सफ्ट-टच मेटरियल छ । त्यसैगरी किलेस इन्ट्री, पुस बटन स्टार्ट छ । रशमा यूएसबी, रेडियो र सिडी प्लेयर प्रयोग गर्न तथा मिराकास्ट र वेबलिंकमार्फत स्मार्टफोन कम्प्याटिबिल गर्न सकिने ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम समेत छ ।

आरामदायी तथा सुरक्षित यात्रालाई विशेष ध्यान दिइएको कम्पनीको भनाइ छ । यो गाडीमा ६ वटा एयरब्याग, ईबीडी सहितको एबीएस, स्ट्याबिलिटी कन्ट्रोल र हिल स्टार्ट असिष्ट विशेषता समावेश गरिएको छ ।


क्लिकमान्डु