यी १७ स्थानको लागि प्राइम बैंकले माग्यो कर्मचारी



काठमाडौं । प्राइम बैंकले नयाँ शाखा बिस्तार गर्ने योजनासहित नयाँ कर्मचारी माग गरेको छ । बैंकले नयाँ शाखामा ट्रेनी असिस्टेन्ड पदमा कर्मचारी माग गरेको हो ।

निकट भबिष्यमा नै बिरगंज, धनुषा, दोलखा, गोरखा, कैलाली, कपिलबस्तु, मकवानपुर, नवलपरासी, पाँचथर, प्युठान, रसुवा, रुपन्देही, संखुवासभा, सिन्धुली, सोलखुम्बु, सुर्खेत र स्याङजामा नयाँ शाखा बिस्तार गर्न लागेको हो ।

बैंकले सार्वजनिक गरेको सुचनामा कम्तीमा व्यवस्थापन बिषयमा ४० प्रतिशत अंक ल्याएर ब्याचलर पास गरेको हुनु पर्ने उल्लेख छ । बैंकले १७ नयाँ शाखा खोल्दै गरेको जनाएको छ ।

अन्य बिस्तृत विवरण यो सुचनामा हेर्नुस्।


क्लिकमान्डु