सुकुम्बासीका समस्या बामपन्थीहरुले मात्रै समाधान गर्न सक्छन :अधिकारी



पोखरा । बाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा एमालेका चर्चित युबा नेता एबम सो पार्टिका केन्द्रीय सदस्य रबिन्द्र अधिकारीले सुकुम्बासीका समस्या बामपन्थीहरुले मात्रै समाधान गर्ने बताएका छन ।

अधिकारीले सुकुम्बासी लगायत आम उत्पीडित जनताको उथानका लागि आफुहरुको गठबन्धन बनेको भन्दै अब सो दिशामा देशलाई अघि बढाउँन बहुमत सहितको सरकार निर्माणमा महत्वपुर्ण भूमिका खेल्न आग्रह गरे।

बिगतमा सुकुम्बासीहरुलाई लालपुर्जा बाड्ने काम बामपन्थीहरुको सरकारले नै शुरु गरेको र अबका दिनमा पनि भूमिहीन हरुको ब्यबस्थित बसोबासको प्रबन्धमा पनि आफुहरुको नया आउने सरकारले छुट्टै नीति योजना सहित अघि बढ्ने उनले जानकारी दिए ।

बिगतको कार्यकालमा आफुहरुको सरकारले सुकुम्बासी आगोग गठन गरेर काम अघि बढाए पनि कांग्रेसले विभिन्न बाहना बाजी गर्दै सो लाइ असफल बनाएको बताए ।

कास्कीको पोखरा लेखनाथ महानगर वडा न ९ बसपार्क मा आयोजित चुनाबी कोण सभालाइ सम्बोधन गर्दै अधिकारीले सो कुरा बताएका हुन् ।

सो कार्यक्रममा बाम गठबन्धन कास्की क्षेत्र न २(२) बाट प्रदेश सभाका उम्मेदवार राज काजी गुरुङले सारा देस बासि अब बामपन्थीहरुको सरकार हेर्न आतुर भएको बताए।

मंगलबार उनले कलाकार युबा बिद्यार्थीहरुको साथ् आफ्नो निर्बाचन क्षेत्रको सो वडा न ९ का नयाबजार , पृथ्बी चोक ,बसपार्क लगायतका जनता संग भेटघाट गर्दै मत मागेका छन । उम्मेदवारहरु लाइ मतदातहरुले टोल टोलमा स्वागत समेत गरेका छन् ।


क्लिकमान्डु