५० लाखको दुर्घटना बीमासहित एनएमबि बैंकले ल्यायो ‘भिसा प्लेटिनम क्रेडिट कार्ड’



काठमाडौं । एनएमबि बैंकले भुक्तानी प्रविधिमा विश्वमै अग्रणी मध्येको एक भिसा कार्डको ‘भिसा प्लेटिनम क्रेडिट कार्ड’को शुरुवात गरेको छ । यो शुरुवातसंगै एनएमबि बैंक नेपालमा भिसा प्लेटिनम क्रेडिट कार्डको सेवा प्रदान गर्ने दोस्रो बैंक बनेको छ ।

नयाँ वितरण गरिएको एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्डमा ईएमभि चिप प्रविधि जडान गरिएको छ । यो कार्ड विश्वव्यापी रुपमा स्वीकार्य हुनुका साथै कारोबारको प्रमाणिकता, छिटो उपलब्धता, अत्यन्त सुविधादायक र सुरक्षित कारोबारको लागि अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम रहेको बै.कले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

नयाँ भिसा कार्डको शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले भने ‘हाम्रो उद्देश्य हाम्रा बैंकिंङ्ग सेवाहरुको पहुँच विस्तार गर्नु र धेरैभन्दा धेरै मानिसहरुलाई सर्वोत्कृष्ट वित्तिय समाधानहरु उपलब्ध गराउनु हो । यसका लागि एनएमबि प्लेटिनम भिसा क्रेडिट कार्डले सेवाग्राहीलाई एक उत्कृष्ट आर्थिक प्रणालीको अनुभूति दिलाउनमा मद्दत गर्नेछ ।’

यसप्रकारको सुविधाजनक एवं विश्वसनीय भिसा कार्डको शुभारम्भ गरेकोमा एनएमबि बैंकलाई बधाई दिंदै भिसा इण्डिया र दक्षिण एशियाका ग्रुप कन्ट्रि मैनेजर टि.आर.रामाचन्द्रनले भने ‘विद्युतीय भुक्तानी प्रक्रियामा गरिएको विस्तार र इकमर्स उद्योगको बढ्दो मागसँगै नेपाल नयाँ युगको बैंकिंङ्ग प्रणालीतर्फ द्रुत गतिमा अघि बढिरहेको छ । भिसा एनएमबि बैंकसँग मिलेर इलेक्ट्रोनिक भुक्तानी सेवाको विस्तार गर्न र अधिक भन्दा अधिक जनसंख्यासम्म त्यसको पहुँच पु¥याउन कटिबद्ध रहेको छ ।’

यस्ता छन् नयाँ कार्डका बिषेशता

– यात्रा दुर्घटना बीमा ५० रुपैयाँ ।
– अधिकतम क्रेडिट सुविधा २ लाख ५० हजारदेखि १० लाख रुपैयाँसम्म ।
– प्रमुख व्यापारिक केन्द्रहरुमा खरीद गर्दा विशेष छुटको व्यवस्था ।
– भिसा प्लेटिनम कार्यक्रम अन्तर्गत छुट, कारोबार र सहुलियतमा पहुँच ।
– कार्डमा छोटो अवधिको सहज कर्जा सुविधा ।


क्लिकमान्डु