क्षमता घटाएर ४३९ मेगावाटको क्षमताको मुगु कर्णाली आयोजना बुटवल पावरलाई जिम्मा



काठमाडौं । लामो समयदेखि चर्चा रहेपनि निर्माण प्रक्रिया सुरु हुन नसकेको मुगुमा आयोजना स्थल रहेको मुगु कर्णाली जलविद्युत् आयोजनाको अनुमतिपत्र बुटवल पावर कम्पनीलाई दिइएको छ ।

निर्वाचनको मुखमा नै ऊर्जा मन्त्रालयले सो आयोजना उक्त कम्पनीलाई दिउको हो । मन्त्रालयले बुटवल पावरलाई कुल १५९ मेगावाट क्षमतामा आयोजनाको अध्ययन गर्ने अनुमतिपत्र दिएको हो ।

आगामी दुई वर्षभित्र अध्ययन पूरा गर्ने गरी आयोजनाको अनुमतिपत्र दिइएको मन्त्रालयले जनाएको छ ।

सय मेगावाटभन्दा ठूला आयोजनाको अनुमति विद्युत विकास विभागको सिफारिसमा ऊर्जा सचिवले दिने प्रावधानअनुसार गत मंसिर ७ गते उक्त आयोजना बुटवल पावरले पाएको हो ।

आयोजनाबाट मुगुको साविक जिमा, कलाई, नाथार्पु, धैना, भियी, श्रीनगर, रारा, रुघालगायत गाविस प्रभावित हुने छ ।

आयोजनाको क्षमता ४३९ मेगावाट भएपनि किन कम क्षमतामा अनुमतिपत्र दिइयो भन्नेमा भने आशंका गरिएको छ । उक्त आयोजना जलाशययुक्त बनाउन तर्फ ध्यान दिइएन भन्नेमा भने ऊर्जा मन्त्रालयले बताइएको छैन ।


क्लिकमान्डु