गुराँस लाईफ इन्स्योरेन्सको सिइओमा नारायण भट्टराई



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नारायण कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको निर्णय बमोजिम उनलाई आज मंसिर ११ गतेदेखि लागुहुने गरि ४ वर्षको लागि नियुक्त गरेको छ ।

२०६८ साल मंसिरदेखि गुराँस लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धकबाट काम सुरु गरेका भट्टराई २०७० साल माघदेखि शोही कम्पनीमा नायब महाप्रबन्धक पदमा बढुवा भएका थिए । पुने युनिभर्सिटीबाट बीएससी र मनिपुर युनिर्भसिटीबाट एमबीए गरेका उनले एलआइसी नेपालमा सुरुको ९ बर्ष काम गरेका थिए ।

मार्केटिङ्ग र पुनर्बीमा राम्रो दख्खल भएका भट्टराईले गुराँस लाइफको नेतृत्व पाएका छन् ।


क्लिकमान्डु