३० हजार देखि ८० हजारसम्मका चित्रकला प्रदर्शनी हुने



काठमाडौं । यही मंसिर १५ गतेदेखि १० दिने चित्रकला प्रदर्शनी सुरु हुँदै छ । ५ लाख बराबरको लागतमा हुन लागेको उक्त चित्रकला प्रदर्शनी २४ गतेसम्म सञ्चालन हुने छ ।

आर्ट काउन्सिल बबरमलमा हुन लागेको उक्त चित्रकला प्रदर्शनीमा ७० वटाभन्दा बढी चित्रहरु प्रदर्शनीका लागि राख्न लागेको मेला संयोजक सरोज बज्रचार्यले जानकारी दिए । प्रदर्शनीमा राखिन लागेका चित्रकलाहरुको मूल्य झण्डै ३० हजार देखि ८० हजार रुपैयाँसम्म पर्ने बज्रचार्यले जानकारी दिए । प्रदर्शनीमा रहेका चित्रकलाहरु अबलोकनकर्ताले खरिद गर्न सक्ने छन् ।

डेभिन आर्टस प्रमोसनले आयोजना गरेको उक्त प्रदर्शनीमा १३ जना चित्रकारहरुले आफ्नो चित्र पेश गर्ने छन् । प्रकृतीमा आधारित रही आफ्नो तर्फबाट प्रत्यक चित्रकारले ५ वटासम्म चित्र पेश गर्ने छन् ।

प्रदर्शनीमा चित्रकार अर्पित शाक्य, बिजय कोइराला, बिजया महर्जन, इसाबेले मलोटयूक्स, नग्वङ छिरिङ शेर्पा, निरज चित्रकार, पलपसा मर्हजन, प्रबिन श्रेष्ठ, राजन पन्त, सरोज बज्रचार्य, सुनिलबाबु कार्कि र उद्दवराज रिमालको चित्रकला प्रदर्शन गरिने छ । प्रदर्शनीमा २ जना बिदेशी चित्रकारको चित्रकला पनि पेश गरिने छ ।

अस्ट्रियाका नागरिक आटो, बेल्जियमका नागरिक इसाबेल र कार्यक्रमका संयोजक बज्रचार्य कार्यक्रममा कोआर्टिस्ट रहेका छन् ।
१ वर्षदेखि चित्रकारहरुलाई विभिन्न ठाउँमा लगी त्याहाको वातावरण र प्रकृतीलाई साभार गर्ने खाल्का चित्रहरु प्रदर्शनीमा राख्न लागिएको संयोजक बताउछन् । चित्रकला प्रदर्शनीलाई गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले प्रयोजन गरेको उक्त चित्रकला संग्रालय प्रदर्शनीमा प्रवेश शुल्क निःशुल्क राखिएको आयोजक बज्रचार्यले बताए ।


क्लिकमान्डु