प्राइम लाइफको २५ प्रतिशत बोनस सेयर वितरण



काठमाडौं । प्राइम लाइफ इन्स्योरेनसले आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत सेयर वितरण गर्ने भएको छ । उल्लेखित बोनस सेयर २०७४ साल कार्तिक २९ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा पठाइएको जनाएको छ ।

२०७४ भदौमा सम्पन्न भएको कम्पनीको वार्षिक साधारण सभामा कम्पनीले २०६९ देखि २०७३ सम्मको संचिपत मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई २५ प्रतिशत बोनश शेयर दिन लागेको हो ।

मिति २०७४ भदौ २७ गते कम्पनीले सातौँ, आठौँ, नवौँ र दशौँ गरि ४ वटै वार्षिक साधारण सभा एकै पटक गरेको थियो ।


क्लिकमान्डु