मतदान अधिकृत नै बर्खास्त



लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाको रामबजारको इशानेश्वर मावि खका मतदान अधिकृत कुमार न्यौपाने बर्खास्तमा परेका छन् ।

मतपत्रमा हस्ताक्षर बिना दिएपछि सो मतदान केन्द्रमा विवाद भएको थियो । मतगणनामा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रले मान्यता पाउदैन ।

विवादको कारण १ घन्टा मतदान स्थगित भएको थियो । अहिले मतदान फेरी सुरु भइसकेको छ । हस्ताक्षर नभएर मतदान गरिएका मतपत्रहरु मान्य नहुने निर्णय भएको छ ।


क्लिकमाण्डू