एलजीको वासिङ्गमशिनको बिक्री बढ्यो




काठमाडौं । एलजीको वासिङ्गमशिनको बिक्रीमा बृद्धि आएको छ । डाइरेक्ट ड्राइभ प्रविधि जडान गरिएकाले वासिङ्गमशिनको बिक्रीमा वृद्धि आएको हो ।

नयाँ प्रविधिको वासिङ्गमशिनले ६ विभिन्न तरिकाले कपडा धुने हुनले धुलाई राम्रो हुनु बिक्रीको प्रमुख कारण भएको कम्पनीले जनाएको छ ।

अन्य ब्राण्डमा पुरानो प्रविधिको बेल्ट र पुली सिस्टम प्रायोग गरिने भएकाले नयाँ वासिङ्गमशिनमा मानिसहरुको आकर्षण बढ्न गएको हो ।

टर्वोवास र ट्रुस्टिमले एक घण्टाभन्दा कम सयममा लुगाई सफा र चम्किलो बनाउँछ । साथै, कम्पनीले वासिङ्गमशिनको मोटरमा १० बर्षको वारेण्टी दिएको छ ।


पुष्प दुलाल