बेरोजगारलाई रोजगारी दिन सरकारले माग्यो आबेदन, पुस १५ सम्म अबेदन दिन सकिने



काठमाडौं । सरकारले युवा उद्यम कार्यक्रम अन्र्तगत १६५ वटै निर्वाचन क्षेत्रबाट बेरोजगार युवाको लागि एक एक प्रस्ताब आह्रावन गरेको छ ।

१० देखि १५ जना युवा समिलित एउटा संस्था निर्माण गरेर यस्ता बेरोजगार युवाहरुले आफुले गर्ने उद्यम र त्यसको खाका सहित निबेदन गर्न सक्ने छन् ।

त्यसका लागि सबै तयारी गरेर पुष १५ गतेसम्म त्यस्ता समुह वा संस्थाले आबेदन दिन सक्ने राष्ट्रिय युवा परिषदले निकालेको सुचनामा जनाइएको छ ।

यस सम्बन्धी बिस्तृत जनकारी परिषदको वेभसाईट www.nyc.gov.np बाट लिन सक्ने सुचनामा उल्लेख गरिएको छ ।

आबेदन दिन के के चाहिन्छ ?
१. १६ देखि ४० बर्ष समुहका कम्तिमा ५ देखि १० जना युवाको समुह बनाउनुपर्ने हुन्छ । त्यसमा ५० प्रतिशत अनिर्वाय महिलाको सहभागिता हुनु पर्नेछ ।

२. सम्बन्धित निकायमा संस्था दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।

३. निबेदन साथ निर्देशिकामा संलग्न फाराममा उल्लेख भए अनुसार ५ बर्षे व्यवसायीक योजना पेस गर्नुपर्नेछ ।

४. व्यवसायीक उद्यम संचालनगर्ने समुहका सबै सदस्यहरुको नागरिकता, कम्तिमा ८ कक्षा पास गरेको प्रमाणपत्रको फोटो कपी र समुहले गरेको निर्णयको प्रतिलिपि ।

५. निबेदनको ढाँचामा उल्लेख भए अनुसारको कागजातहरु पेश गर्नुपर्नेछ ।


क्लिकमान्डु