कुकुर पाल्ने मानिसको आयु बढ्छ र हृदयघात कम हुन्छ



काठमाडौं । स्वीडनमा गरिएको एक अध्यनले कुकुर पाल्ने मान्छेहरुमा हृदय रोग वा अरु कारणले हुनसक्ने मृत्युको खतरा कम पत्तालागेको छ ।
यो अध्यन ३४ लाख मानिसहरुमा गरिएको हो । ती मध्ये ४० देखि ८० वर्षसम्म कुकुर पालेका व्यक्तिहरु अध्यनको क्रममा जोडिएका थिए । यसबाट अनुसन्धान गर्दै जाँदा कुकुर पाल्ने मानिसहरुलाई हृदय रोगको खतरा कम रहेको देखिएको हो ।

सामान्यतया कुकुर पाल्नाले मानिसको शारिरिक गतिविधि धेरै हुने गर्छ । अनुसन्धानकर्ताहरुका अनुसार ‘जो शारिरिक काममा धेरै सक्रिय हुने गर्छन् उनीहरु कुकुर पाल्न मन पराउने गर्छन् ।’

अध्यनका अनुसार कुकुरले मासिनसलाई बिमारीबाट बचाउने गर्छ । किन की कुकुर पाल्ने मानिसहरुमा सामाजिक सम्पर्क बढ्ने गर्छ र उनीहरु खुसी हुने गर्छन् ।

कुकुरका कारण उनीहरुको मालिकको माइक्रोबायोममा पनि परिवर्तन आउने गर्छ । जसले हृदय रोगको खतरालाई कम गर्न मदत पुराउछ । घरपालुवा जनावरमा हुने सूक्ष्म जनावरहरुलाई सामूहिक रुपमा माइक्रोबायोम भन्ने गरिन्छ ।

यो पनि भन्ने गरिन्छ की कुकुरले घरमा फैलिने फोहरमा परिवर्तन ल्याउने गर्छ । जसको असर उनीहरुको मालिकको माइक्रोबायोममा पर्ने गर्छ । कुकुर पाल्ने व्यक्ति कयौं प्रकारका ब्याक्टेरियाको सम्पर्कमा पनि आउने गर्छन् । जसले उनीहरुको माइक्रोबायोममा प्रभाव पर्न सक्छ ।

अनुसन्धानकर्ताहरुका अनुसार कुकुरको यो असर ती व्यक्तिहरुमा धेरै हुनेगर्छ जो एक्लै हुने गर्छन् ।

अध्यनको प्रमुख अनुसन्धानकर्ता पासला विश्वविद्यालयका म्वेनिया मूबांगाका अनुसार ‘कुकुर पाल्ने ती व्यक्ति जो एक्लै बस्ने गर्छन् उनीहरुको मृत्यु हुने खतरा कुकुर नपाल्ने व्यक्तिको भन्दा ३३ प्रतिशत वा हृदयघात हुन सक्ने खतरा ११ प्रतिशत कम हुने गर्छ ।
अनुसन्धानकर्ता भन्छन् ‘जो व्यक्ति एकलै बस्छन् उनीहरुमा हृदयघात हुने सम्भावना बढी हुने गर्छ ।’

साइन्टिफिक रिपोर्टस नामक वेभसाइटमा छापिएको यो स्टडीको लागि टिमले २००१ देखि २०१२ सम्मको डाटा जम्मा गरेको थियो । स्वीडनमा अस्पतालमा हुने हरेक भिजिटलाई नेशनल डाटाबेसमा रेकर्ड गरिएको छ । २००१ मा कुकुर राख्नको लागि अनिवार्य दर्ता गर्नु पर्ने नियम बनाइएको थियो ।

टेरियर, रिट्रवर र सेट हाउन्ड्स जस्ता सिकारी कुकुर पाल्ने मानिसहरुमा हृदय रोगको खतरा कम हुने गर्छ ।

ब्रिटिश हार्ट फाउण्डेशनका डाक्टर माइक नैपटनका अनुसार कुकुर पाल्नाले हृदय रोग कम हुन सक्छ । यो पहिलाको अनुसन्धानमा पनि पुष्टी भएको छ । तर, पहिलाको अनुसन्धान निर्णायक नतीजामा पुग्न सक्दैन थिए । यो अनुसन्धान धेरै प्रभावकारी छ किन की यसको अकृती पनि निकै ठूलो रहेको छ ।

नैपटनका भन्छन् ‘तर कुकुर पाल्ने मानिसहरु यो कुरालाई नकार्न सक्दैनन् की कुकुर पाल्नाको मुख्य कारण उनीहरुसँग हुने रामाइलो हो । तपाई चाहे कुकुर पाल्नुहोस् या नपाल्नुहोस, तर, यदी तपाई एक्टिभ रहनुहुने गर्छ भने आफुलाई स्वास्थ्य राख्नको लागी कुकुर निकै उपयोगी जिव हुन् ।’

यस अध्यनका वरिष्ठ अनुसन्धानकर्ता टोव फल भन्छन् ‘यसको पनि केही सिमा हुने गर्छ । उनका अनुसार उनीहरुलाई एउटा ठूलो जनसंख्यामा जोडेर हेर्न सकिन्छ । तर, उनीहरुसँग केही प्रशनको जवाफ हुने गर्दैन जस्तै खासगरी कस्ता प्रकारका कुकुरहरुले मानिसलाई हृदय रोगबाट बचाउन सक्छन् ?’


क्लिकमान्डु