यी हुन् संसारका धेरै पैसा कमाउने १० सुन्दरी (सूचिसहित)




काठमाडौं । सन् २००२ पछि पहिलो पटक जिसेल बन्डचेन सर्वाधिक आम्दानी गर्ने मोडलको सूचिमा परेकी छैनन् । फोब्र्सले बार्षिक रुपमा सार्वजनिक गर्ने सूचिमा ३७ बर्षीय ब्राजिलियन सून्दरी शीर्ष स्थानबाट दोश्रो स्थानमा झरेकी हुन् ।

शीर्ष स्थानमा अमेरिकन मोडल तथा टीभी कलाकार केन्डर जेनर छिन् । २२ बर्षीय केन्डरले सन् २०१७ मा २२ मिलियन अमेरिकी डलर कमाइ गरेका छिन् ।

केन्डर सर्वाधिक आम्दानी गर्ने मोडलको शीर्ष स्थानमा पुग्नलाई इन्स्टलग्राममा ८५ मिलियनभन्दा धेरै फलोवरका र स्टेइ लउन्डर, ला पेरला, एडीडासलगायत प्रख्यात ब्राण्डसँगको सहकार्य भएको जनाइएको छ ।

सन् २०१६ मा ३०.५ मिलियन अमेरिकी डलर आम्दनी गरेकी जिसेल बन्डचेनका लागि यो बर्ष निरास जनक रहयो । सन् २०१७ मा उनको कमाई ४३ प्रतिशतले घटेर १७.५ मिलियनमा पुगेको छ । विगत १५ बर्षदेखि सर्वाधिक आम्दानी गर्ने मोडल उनी थिइन् । यस बर्ष उनी दोश्रो स्थानमा छिन् ।

३१ बर्षीय सुन्दरी क्रिसी टिगन सूचीको तेश्रो स्थानमा छिन् । उनले यस बर्ष १३.५ मिलियन अमेरिकी डलर आम्दानी गरेकी छिन् । पहिलो पटक उनी शीर्ष १० भित्र पर्न सफल भएकी हुन् ।

यस्तै, एड्रियाना लिमा, गिगी हदीद, रोजी हिन्टिटन्गटन, कार्ली क्लोस, लि वेन, बेला हदीद, एस्ले ग्राहम क्रमस शीर्ष १० स्थानमा छन् ।

मोडल कमाई अमेरिकी डलमा

केन्डल जेनर २२ मिलियन
जिसेल बन्डचेन १७.५ मिलियन
क्रिसी टिगन १३.५ मिलियन
एड्रियाना लिमा १०.५ मिलियन
गिगी हदीद ९.५ मिलियन
रोजी हिन्टिटन्गटन ९.५ मिलियन
कार्ली क्लोस ९ मिलियन
लि वेन ६.५ मिलियन
बेला हदीद ६ मिलियन
एस्ले ग्राहम ५.५ मिलियन


क्लिकमान्डु