रोनाल्डोको कीर्तिमान बराबर गर्दै मेसीले जिते युरोपियन गोल्डन बुट



काठमाडौं । युरोपियन गोल्डन बुट अवार्ड बार्सिलोनाका फरवार्ड लिओनल मेसीले जितेका छन्। मेसीले २०१६/१७ को सिजनमा ३७ गोल गरेका थिए। यसैलाई आधार बनाएर उनले उक्त अवार्ड दिइएको हो ।

यसअघि सन् २०१०, २०१२ र २०१३ मा समेत शो अवार्ड जितेका मेसीले चौथो पटक यो अबार्ड जितेका हुन् ।

यो अवार्ड सँगै उनले आफ्ना चिर प्रतिद्धन्द्धी क्रिस्टियानो रोनाल्डोको नाममा रहेको ४ पटकको कीर्तिमानसँग बराबरी गरेका छन्। रोनाल्डोले सन् २००८, २०११, २०१४ र २०१५ मा उक्त अवार्ड जितेका थिए।

गत सिजनमा मेसीले गर्दा दोस्रो स्थानमा पोर्चुगिज क्लब स्पोर्टिङका डच फरवार्ड बास डोस्ट थिए। उनले गत सिजन ३४ गोल गरेका थिए।


क्लिकमान्डु