क्लासिक टेकले इन्टरनेटको मासिक शुल्क घटायो



काठमाडौं । नीजि इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले इन्टरनेट दर समायोजन गरेको छ । अब मासिक ६ सय ९९ रूपैयाँमै ६ एमबिपिसएस इन्टरनेट चलाउन सकिने भएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार उपभोक्ताले ६ एमबिपिएस इन्टरनेट प्रतिमहिना ६९९ रूपैयाँ, १२ एमबिपिएस इन्टरनेट प्रतिमहिना ९२५ रूपैयाँ, ३० एमबिपिएस इन्टरनेट प्रतिमहिना ११११ रूपैयाँ र ६० एमबिपिएस इन्टरनेट प्रतिमहिना २१५० रूपैयाँमा प्रयोग गर्न पाउने भएका छन् ।

‘क्लासिक टेकको झड्का अफर, यति सस्तो कि कन्ट्रोल हुँदैन’ नामको अफरमा कम्पनीले फाइवर राउटर र तार समेत निशुल्क उपलब्ध गराउने जनाएको छ । कम्पनीले हाल ७२ जिल्लामा आफ्नो सेवा पुर्‍याएको जनाएको छ ।


क्लिकमान्डु