सूर्या लाईफ इन्स्योरेन्स र शाइन रेसुङ्गाबीच बैंंका इन्स्योरेन्स सम्झौता



काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकबीच नेपाल राज्य भरि रहेका कर्पोरेट तथा शाखा कार्यालयहरुबाट बैैंका इन्स्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

सम्झौता अनुसार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सूर्या लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा सूर्या लाईफ इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत श्री शिवनाथ पाण्डे र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश पौड्यालबाट संयूक्त रुपमा हस्ताक्षर गरे ।


क्लिकमाण्डू