एनबी इन्सुरेन्स अब आइएमई जनरल इन्स्योरेन्स भयो, ८५ प्रतिशत हकप्रद शेयर दिने



काठमाडौं, ७ मंसिर । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडले रिब्राण्डिङ्ग गर्दै आफ्नो नाम र लोगो परिवर्तन गरेको छ । कम्पनीले अबदेखि आइएमई जनरल इन्स्यारेन्स लिमिटेडको नाममा कारोबार गर्ने भएको हो ।

कम्पनीले विहिवार पत्रकार सम्मेलन गर्दै कम्पनीको नाम र लोगो परिवर्तन गरिएको जानकारी दिएको हो ।

विगत २० वर्षदेखि निर्जीवन बीमा कारोबार गर्दै आएको कम्पनीले आफ्ना शेयरधनीहरुलाई ८५ प्रतिशत हकप्रद शेयर तथा ५ प्रतिशत बोनस शेयर बितरण गर्ने भएको छ ।

कम्पनीका अध्यक्ष हेमराज ढकालले हालको ५४ करोडको चुक्ता पूँजीलाई बढाएर १ अर्ब पुर्याउन कम्पनीले ८५ प्रतिशत हकप्रद शेयर तथा ५ प्रतिशत बोनस शेयर दिने योजना बीमा समितिमा पेश गरेको जानकारी दिए ।

उनले २०७४ आश्विन मसान्तसम्मको कूल बीमा शुल्क आर्जन करिब २२ करोड रहेको र खुद मुनाफा २ करोड ५५ लाख हासिल गरेको जानकारी दिए ।

कम्पनीले रिब्राण्डिङ्ग गर्दै नयाँ पोलिसीहरु पनि जारी गर्ने जानकारी दिएको छ । त्यसैगरि कम्पनीले एक्सटेन्डेड वारेन्टी पोलिसी जारी गर्ने, साइवर पोलिसी जारी गर्ने, र बैंकएसुरेन्स पोलिसी जारी गर्ने भएको हो ।

कम्पनीले २५ शाखा र १० सेवा काउण्टर सहित ३५ स्थानबाट सेवा प्रदान गरिरहेको छ भने थप १८ वटा शाखा तथा सम्पर्क कार्यालय खोल्न बीमा समितिबाट स्वीकृत प्राप्त गरी खोल्ने प्रक्रियामा रहेको जानकारी दिएको छ ।

चालु आ.ब.को बार्षिक प्रिमियम लक्ष्य १ अरब २० करोड मध्ये हालसम्म ३० करोड संकलन भई सकेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु