दुई अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने



मोरङ । सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको विराटनगर महानगर क्षेत्रका खाल्डाखुल्डी सडक आउँदो सातादेखि निर्माण हुने भएको छ ।

एशियाली विकास बैंक (एडिवी)को सहयोगमा निर्माण भइरहेको ढल, नाला र ग्राभेल सडकमा कालोपत्रे हुने भएपछि  नगरवासीले खेप्दै आएको धुलो र दूषित प्रदूषणबाट मुक्ति पाउने छन्  । खाल्डाखुल्डी सडकका कारण आवागमनमा समस्या देखिँदा महानगरपालिका आलोचित बन्दै आएको  थियो ।

विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत प्रदीप निरौलाले आउँदो सातादेखि नगर क्षेत्रका करिब ७४ किलोमिटर सडक कालोपत्रे गर्न  सर्भेक्षण भइरहेको जानकारी दिए ।

एशियाली विकास बैंकअन्तर्गत रहेको (आरयुडिपी) को रु दुई अर्ब ४० करोडको सहयोगमा  सडक कालोपत्रे हुन लागेको हो । यस्तै सघन शहरी विकास कार्यक्रमअन्तर्गत एक अर्ब रुपैयाँभन्दा बढीको लगानीमा नगर क्षेत्रको ११ किलोमिटर थप सडक निर्माण गरिँदैछ ।


क्लिकमान्डु