एडिबीको नेपाल प्रमुखमा मुक्तोर खामुद्ख्नोभ नियुक्त



काठमाडौं । एसियाली विकास बैंक (एडिबी)को नेपाल प्रमुखमा मुक्तोर खामुद्ख्नोभ नियुक्त भएका छन् ।

तत्कालीन प्रमुख केनिची योकोहामा अर्कै स्थानमा जिम्मेवारी लिएर गएपछि बैंकको नेपालको देशीय प्रमुख लामोसमयदेखि खाली रहँदै आएको थियो ।

उज्जेकिस्तानका खामुद्ख्नोभ लामो समयदेखि एडिबीका कार्यरत छन् । उनले आनो प्राथमिकतामा रणनीतिक साझेदारी र दीर्घकालीन विकासका लागि नेपाल सरकारसँग मिलेर काम गर्ने बताएका छन् ।

भौतिक पूर्वाधार, मानव विकास र निजी क्षेत्रको विस्तार तथा क्षेत्रीय एकीकृत साझेदारी तथा विकासका विषयलाई प्राथमिकतामा राख्ने बताए । उनी एडिबीको मुख्यालय मनिलामा ऊर्जा विशेषज्ञको रुपमा कार्यरत थिए ।

सन् २००१ देखि एडिबीमा कार्यरत उनले ऊर्जा क्षेत्रको विकास र उत्थानका लागि आफ्नो भूमिका निर्वाह गरिसकेका छन् । कोलम्बिया विश्वविद्यालबाट उच्च शिक्षा हासिल गरेका उनी उज्जेकिस्तानका मन्त्री समेत भएका थिए ।


पुष्प दुलाल