टोयोटाले बनाउने भयो आकाशमै डाइभ हान्ने कार



काठमाडौं । जापानी कार निर्माता कम्पनी टोयोटाले सन् २०२० मा हुने ओलम्पिक गेमका लागि एक फ्लाइङ कार बनाउने भएको छ । टोयोटाको सोही कारमार्फत ओलम्पिक गेममा आकाशबाट मसाल प्रज्वलित गरिने छ ।

एजेन्सीहरुका अनुसार हाल यसको टेस्ट मोडल तयार भइसकेको छ र ओलम्पिक भन्दा पहिले नै यसको निर्माण पुरा भइसक्ने छ ।

फ्लाइङ कार निर्माणका लागि टोयोटाले करिब ४२.५० मिलियन येन लगानी गरेको छ । उडानको परीक्षण गरिए पनि राम्रोसँग काम नगरेकाले यसको उडान रद्ध गरिएको थियो ।

यद्यपि हाल यसको उडानका लागि भव्य रुपमा काम भइरहेको छ । आगामी सन् २०१९ मै यो कारले पहिलो पटक उडान भर्नेछ । उक्त परीक्षण सफल भएमा आकाशमा ड्राइभ गर्ने यो पहिलो कार हुनेछ ।


क्लिकमान्डु