चुनावका लागि ३ दिन सवै शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा



काठमाडौं । सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि ३ दिन शैक्षिक संस्थाहरुमा विदा दिने भएको छ । गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै पहिलो चारण मंसिर १० गते हुने चुनावका लागि ३२ जिल्लामा बिहिबार देखि आइतबारसम्म शैक्षिक संस्थाहरु विदा दिने निर्णय गरेको छ ।

त्यस्तै दोस्रो चरणमा मंसिर २१ गते हुने चुनावका लागि पनि ४५ जिल्लाका शैक्षिक संस्थाहरुलाई पनि १८ गते देखि २१ गते सम्म विदा दिने भएको छ ।

पहिलो चरणमा हिमाली जिल्लाहरु ३२ वटाका ३७ निर्वाचन क्षेत्रमा चुनाव हुदैं छ । भने दोस्रो चरणमा ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रमा चुनाव हुदैंछ ।


क्लिकमान्डु