सिप्रदीले ल्यायो टाटा हेक्जा, मुल्य ७८ लाख, यस्ता छन् बिषेशता



काठमाडौं । विगत ३४ वर्षदेखि अटोमोवाइल व्यवसायमा रहेको सिप्रदी ट्रेडिङले नेपाली बजारमा टाटा मोर्टसले उत्पादन गरेका गाडीहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

टाटा मोटर्सले जीवनोपयोगी एसयूभी टाटा हेक्जा नेपालीबजारमा ल्याएको छ । नेपालमा हेक्साको बिक्री शुरुवातगर्दै टाटा मोटर्सका सिईओ तथा म्यानेजिङ्ग डाईरेक्टर गेएन्टर बटचेकले एघार जना ग्राहकलाई विशेष समारोहमा गाडीको साँचो हस्तान्तरण गरेका थिए । हेक्सा एक्स टीको नेपाली बजारमा ७७ लाख ९५ हजार रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ ।

हेक्साको बिक्री शुभारम्भ गर्दै टाटा मोटर्सका सिईओ तथा एमडीले भने, ‘हामीले टाटा मोटर्सको तर्पmबाट जहिले पनि अग्रणी रुपमा आफ्नो ग्राहकहरुलाई विशिष्ट तथा गतिशील प्रोडक्टको अनुभव दिलाईरहेका छौं र हाम्रो त्यो प्रतिबद्घता टाटा हेक्साले अझै मजबुत पारेको छ ।’

टाटा हेक्सा २२०० सि.सि. भेरिकर डिजल ईन्जिन, १५६ पि.एस./४०० एनएममा उपलब्ध छ । ६ मेनुयल गिएरमा उपलब्ध हेक्साको थप विशेषतामा सेन्ट्रल कन्सोलमा राम्ररी जडान गरिएको रोटरी नबले यसको सुपर ड्राइभ मोडलाई संचालन गर्ने छ ।

यो सेग्मेन्टका गाडीहरुमा आफुलाई अग्रणी दाबी गरेको कम्पनीले हेक्सामा प्रोजेक्टर हेड ल्याम्प, १९ ईन्चको अलोए ह्विल, लिड टेल ल्याम्प, ६ वटा एअर ब्याग्स, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिलहोल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक हेड ल्याम्प्स र १० वटा स्पिकर सहितको जेबीएल अडियो सिस्टम जडान गरिएको छ ।


क्लिकमान्डु