टाटा मोटर्सको ७८ लाख रुपैयाँ पर्ने एयूभी ‘हेक्जा’ को बिक्री शुरु



काठमाडौ । टाटा मोटर्सले एसयूभी टाटा हेक्जा नेपाली बजारमा भित्र्याएको छ । नेपालमा हेक्साको बिक्री शुरुवात गर्दै टाटा मोटर्सका सिईओ तथा म्यानेजिङ्ग डाईरेक्टर गेएन्टर बटचेकले बुधवार पहिलो समूहको एघार जना ग्राहकहरुलाई विशेष समारोहमा गाडीको साँचो प्रदान गरे ।

नेपालभरि उपलब्ध गराईने हेक्साको एक्स टी ४x४ का विभिन्न मोडलहरुको मूल्य ७७ लाख ९५ हजार रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ ।

‘हामीले नेपालको ग्राहकहरुलाई बढी ढाँचावान, आफ्नो जीवनको सोख अनुसारको गाडी होस भन्ने चाहना छ भन्ने कुरा बुझेका छौं र टाटा हेक्साले त्यही अनुरुप ग्राहकको बढ्दो चाहना पूरा गर्ने महत्वपूर्ण पहल गरेको छ,’ टाटा मोटर्सका सिईओ तथा बटचेकले भने ।

टाटा हेक्सा २२०० सि.सि. भेरिकर डिजल ईन्जिन, १५६ पि.एस./४०० एनएममा उपलब्ध छ । यसको अतिरिक्त हेक्साको एक्स टी ४ह४ मोडल ६ वटा गतिको लागि म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । हेक्साको थप विशेषतामा यसको सेन्ट्रल कन्सोलमा राम्ररी जडान गरिएको रोटरी नबले यसको सुपर ड्राइभ मोडलाई संचालन गर्नेछ ।

सुपर ड्राइभ मोडले चालकहरुलाई आनन्दसँग अटो, कम्फर्ट, डाईनामिक र रफ रोड मध्ये जुनसुकै मोडमा परिवर्तन गरेर बाटो र आफ्नो मुड अनुसार गाडी चलाउन सक्ने विशेषता दिएको छ ।

प्रयोगकर्ताको आफ्नो प्राथमिकताअनुसार गाडीको आन्तरिक लाईटिङहरु उपकरणहरुको डिस्प्लेबाट मिलाउन सकिन्छ ।

यो सेग्मेन्टका गाडीहरुमा अग्रणीरुपमा विभिन्न विशेषताहरु सहित आएको टाटा हेक्सामा प्रोजेक्टर हेड ल्याम्प, १९ ईन्चको अलोए ह्विल, लिड टेल ल्याम्प, ६ वटा एअर ब्याग्स, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक हेड ल्याम्प्स र १० वटा स्पिकर सहितको जेबीएल अडियो सिस्टम जडान गरिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु