दराज डटकमबाट सपिङ गर्दा ७० प्रतिशतसम्म छुट !



काठमाडौं । आफुलाई आवश्यक पर्ने कुनै पनि किसिमका सामानको खरिदमा सेवाग्राहीले ७० प्रतिशतसम्मको छुट पाउने भएका छन् । केमुबाट दराज डटकम डटएनपीमा रुपान्तरण भएको अनलाइन प्लेटफर्ममा सूचीकृत बिक्रेताहरुले शुक्रबारदेखि व्लाक फ्राइडे सेलमा यस्तो छुट दिन लागेका हुन् ।

व्लाक फ्राइडे अवधिमा लत्ता कपडा, विद्युतीय सामग्री, घरायसी उपकरण, मोबाइल फोन, सौन्दर्य सामग्री लगायतका बिक्रेताहरुले दराज डटकमडटएनपी मार्फत सस्तोमा सामान उपलब्ध उपलब्ध गराउने छन् ।

दराजको एण्ड्रोइड तथा एप्पल एप्सबाट पनि सेलमा सहभागिता जनाउन सकिने दराज केमु प्रलिले जनाएको छ ।मंसिर ८ गतेदेखि १२ गतेसम्म तदनुसार २४ नाभेम्बरदेखि २८ नोभेम्बरसम्म ब्लाक फ्राइडे सेलमा ३ सयभन्दा बढी प्रख्यात ब्राण्डका उत्पादनहरु खरिद गर्न सकिन्छ ।

सेलमा ४० हजार रुपैंया बराबरको ल्यापटप खरिद गर्ने पहिलो ५० जनालाई वल्र्ड लिंकले २५ एमबीपीएसको इन्टरनेट ६ महिनाका लागि निशुल्क उपलब्ध गराउने छ ।

सेल अवधिमा दराज डट कम डट एनपीमा सेवाग्राहीले दुबाई भ्रमणको होलिडे प्याकेज सस्तो मूल्यमा खरिद गर्न सक्ने छन् । युएमआई डिजीको क्रिष्टल फोरजी स्मार्टफोन २१ हजार रुपैंयामा खरिद गर्न सकिने सेलमा नोकिया ८ स्मार्टफोनको अग्रिम बुकिङ गर्न सकिन्छ ।

ब्लाक फ्राइडे सेल मेला सुरु भएको पहिलो १ घण्टामा १ हजारभन्दा बढीको सामान खरिद गर्ने मध्ये १ जोडीले फ्लाई दुबाई र वान ग्लोब ट्राभल्सका तर्फबाट लक्की ड्र मार्फत ४ रात ५ दिनको दुबाई भ्रमणको अवसर पाउने छन् ।

पहिलो १ घण्टामा २ हजार ५ सय रुपैंयाभन्दा बढीको सामान खरिद गर्नेले थप ५ सय रुपैंयाको सामान किन्ने कुपन पाउने छन् । रारा तालसम्मको दोहोरो भ्रमणको प्याकेज तथा ४५ हजार रुपैंया बराबरको गहना पनि उपहार योजनाका विजेताले प्राप्त गर्नेछन् ।

ब्लाक फ्राइडे सेललाई नोकिया ८ ले प्रायोजन गरेको हो भने वल्र्डलिंक, युएमई डिजी, फ्लाई दुबाई, समिट एयर, वान ग्लोब ट्राभल्स, र नेपाल इन्भेष्टमेण्ट बैंकले सहप्रायोजन गरेका छन् ।

सन् २०१६ मा पनि दराज केमुले ब्लाक फ्राइडे सेलको आयोजना गरेको थियो । उक्त सेलमा दराज केमुमा सुचीकृत भएका बिक्रेताहरुको नियमित कारोबार दैनिक १५ गुणाले बढेको थियो ।


पुष्प दुलाल