एनबी इन्स्योरेन्सले भोलिदेखि आइएमई जनरल इन्स्योरेन्सको नाममा कारोबार सुरु गर्ने



काठमाडौं । एनबी इन्स्योरेन्सले आफ्नो नाम परिवर्तन गरेर आइएमई जनरल इन्स्योरेन्सको नाममा कारोबार सुरु गर्ने भएको छ ।

कम्पनीले भोलि बिहीवारदेखि नाम परिवर्तन गरेर आइएमई जनरल इन्स्योरेन्सको नाममा कारोबार सुरु गर्न लागेको हो ।

एनबीको नाम परिवर्तन गर्नको लागि बीमा समितिले भदौ १४ मा सैद्दान्तिक स्वीकृति दिएको थियो ।

यस्तै कम्पनीको असोज १० मा भएको साधारणसभाले नाम परिवर्तन गर्ने निर्णय गरेको थियो ।

कम्पनी रजिष्ट्रारको कार्यालयले नाम परिवर्तन गर्ने अनुमति दिएको थियो । कम्पनीले भोलि नयाँ नाम र लोगो सार्वजनिक गर्ने जनाएको छ ।


क्लिकमान्डु