क्यासी प्रतिनिधिमण्डलद्धारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग एशिया प्रशान्त क्षेत्रका उद्योग वाणिज्य महासंघहरूको प्रतिनिधि संस्था क्यासीका अध्यक्ष जामेल इनासिभिलीको नेतृत्वमा नेपाल भ्रमणमा आएको क्यासी व्यवसायिक प्रतिनिधिमण्डलले मंगलवार राष्ट्रपति भवन शीतलनिवास भेटवार्ता गरेको छ ।

सो अवसरमा महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र क्यासीका उपाध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ पनि सहभागी थिए ।

सो भेटवार्तामा नेपालमा लगानीका अवसर, नेपालको विद्यमान अवस्था, एशिया प्रशान्त क्षेत्रका देशबाट नेपालमा हुन सक्ने लगानीका सम्भाव्यता विषयमा विस्तृत छलफल भएको महासंघले जनाएको छ ।


क्लिकमान्डु