सिजीका ३ नयाँ इलेक्ट्रीक गिजर नेपाली बजारमा



काठमाडौं । सिजी ब्राण्डले ३ नयाँ मोडलका इलेक्ट्रीक वाटर हिटर नेपाली बजारमा ल्याएको छ ।

सिजीका हिटरहरु १०, १५ र २५ लिटरमा उपलब्ध छन् हिटरमा अर्थ लिकेज सर्किट ब्रेकरलगायतका विशेषता छन् । सो प्रविधिले करेन्टलाई लिकेज हुन र आगलागीबाट जोगाउने कम्पनीको दाबी छ ।

यसमा उच्च गुणस्तरको हिटिङ तत्व रहेको कम्पनील जनाएको छ । जसको मद्दतले अधिकतम आयु र न्यूनतम शक्ति खपत गर्दछ । हिटर ७५ डिग्री सेल्सियस तापक्रमसम्म बढाउन सकिन्छ ।

अधिकतम तापक्रमबाट हुने क्षतिलाई पनि हिटरले रोक्छ । हिटरको ट्याङकीमा ५ वर्षको वारेण्टी छ ।


पुष्प दुलाल