चुनावपछि बन्ने बामपन्थी सरकारले बुढीगन्डकीको निर्णय उल्ट्याउँछ: केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि बन्ने बामपन्थी सरकारले बुढीगन्डकी जलविद्युत् आयोजनाको निर्णय उल्टाउने बताएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बुढीगन्डकीको निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय शेरबहादुर देउवाले उल्टाएका थिए ।

उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा एक महिना कार्यकाल बाँकी रहेको सरकारले लाइसेन्स खारेज गरेर लगानीको वातावरण बिगार्ने काम गरेको बताए । सरकारको निर्णयले अन्तराष्ट्रिय सम्बन्ध बिर्गेको ओलीको भनाई छ ।

१२ सय मेगावाटको बुढीगन्डकी स्वदेशी लगानीमा बनाउने भन्दै ओली सरकारको पालामा पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर उठाइएको छ ।


क्लिकमान्डु