बीमा शुल्क आर्जनको बृद्धिदरमा सुर्या लाइफ अगाडि



काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमा शुल्क आर्जन निकै बढाएका छन् ।

चालु आर्थिक बर्षको पहिलो ३ महिनामा कम्पनीहरुको औषत बीमा शुल्क वृद्धि २९ प्रतिशत रहेको छ ।

यस अबधिमा रकमको आधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले बीमा शुल्कमा वृद्धि गरेको छ ।

नेपाल लाईफले ३ अर्ब ८० करोड १५ लाख ९९ हजार रुपैयाँ संकलन गरेको छ । अघिल्लो बर्षको तुलनामा उसको बीमा शुल्क ४० प्रतिशतले बढेको छ ।

बीमा शुल्क वृद्धि प्रतिशतको आधारमा सूर्या लाइफ इन्सयोरेन्स पहिलो भएको छ ।

उसले ५३ प्रतिशतले आफ्नो बीमा शुल्क आम्दानी बढाएको छ । कम्पनीले गत बर्षको पहिलो ३ महिनामा २३ करोड बीमा शुल्क आर्जन गरेकोमा चालु आबको ३ महिनामा ३५ करोड बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीहरुको खुद बीमा शुल्क आर्जन रकम करोडमा

एलआइसी नेपालले २ अर्ब २३ करोड बीमा शुल्क आर्जन गर्दा नेशनल लाईफ इन्स्योरेन्सले १ अर्ब ३७ करोड संकलन गरेको छ ।

त्यसैगरी मेटलाईफ ८६ करोड, बीमा संस्थान ६४ करोड, एसियन लाईफ ५५ करोड, प्राइम लाइफ ५१ करोड र गुराँस लाईफले ३१ करोड बीमा शुल्क आर्जन गरेका छन् ।

गत बर्षको पहिलो तीन महिनामा ८ अर्ब २४ करोड कुल बीमा शुल्क आर्जन भएकोमा चालु आबको पहिलो तीन महिनामा १० अर्ब ६६ करोड पुगेको छ ।

नयाँ कम्पनीमा सबैभन्दा बढी सन लाइफले २ करोड २८ लाख तथा युनियन लाइफले २ करोड १३ लाख बीमा शुल्क आर्जन गरेको छ ।


क्लिकमान्डु