नेपाल लाइफले खोल्यो झापाको चन्द्रगढीमा उपशाखा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले झापाको चन्द्रगढीमा उपशाखा खोलेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले उपशाखाको उद्घाटन गरे ।

उद्घाटन गर्दै बीमा समितिका कार्यकारी निर्देशक कार्कीले बीमा क्षेत्रको अर्थतन्त्रमा योगदान बढ्दै गएको बताए ।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले कम्पनी आक्रामक ढंगले अगाडि बढ्ने र शाखा तथा उपशाखा खोल्ने क्रम बढाउने बताए ।

असोज मसान्तसम्ममा कम्पनीको कुल बीमा शुल्क आर्जन ३ अर्ब ८० करोड रहेको छ भने १७ करोड ७५ लाख नाफा गरेको छ ।


क्लिकमान्डु