विदेशमा कार्बनडाइड अक्साइड तान्ने मेसिन, काठमाडौं भने धुलोमुक्त हुन सकेन



काठमाडौं । धुलो र धुवाँका कारण काठमाडौं उपत्यकाबासीले कष्टपूर्ण जिवन विताउनु परेको छ । मेलम्ची खानेपानीको पाइपलाइन र सडक विस्तारलगायत विविध कारणले काठमाडौं धुलोमाण्डूमा परिणत भएको छ ।

विकास निर्माणका कार्यमा सरकारी नियकाय बीच समन्वयको कमजोरीले पनि काठमाडौंका सडकमा धुलो उड्ने क्रम रोकिएको छैन ।

सडक निर्माण गर्ने नियकायले पिच गरेको भोलिपल्ट अर्को निकायले त्यही ठाउँमा खाल्टो खन्छ । आज पिच भयो भोलिबाट धुलो खान नपर्ने भनेर मस्तसँग सुतेका जनता भोलि बिहान फेरि खाल्टो देख्न बाध्य छन् ।

हाम्रो देशलाई सडकमा उड्ने धुलो नियन्त्रण गर्नु नै प्रमुख चुनौतिको रुपमा छ । तर, विकसित मुलुकहरुको वायुमण्डलको प्रदुषण नियन्त्रण गर्ने कायमा जुटेका छन् । त्यसका लागि उनीहरुले वायुमण्डलबाट कार्वनडाईअक्साइड तान्ने कामको सुरुवात गरिसकेका छन् ।

वायुमण्डलबाट कार्वनडाइअक्साईड तान्ने मेसिन

स्विजरल्याण्डको एक कम्पनीले वायुमण्डलबाट सीधै कार्वनडाईअक्साइड सोस्ने मेसिन निर्माण गरेको छ । वायुमण्डलमा कार्वनडाईअक्साइडको घनत्वमा अधिक वृद्धिका कारण मासिनहरुको चिन्ता बढेका छ ।

जुरिनको नजिकै हिनविल रिसाइक्लिन केन्द्र बाहिर १८ वटा ठूलो पंखा भएको मेसिन राखिएको छ । पंखाको आकार वासिन मेसिन जस्तो छ।

यो मेसिनले नजिकको हावा तान्छ । मेसिनभित्रको केमिकलले कार्वनडाईअक्साइड सोक्स छ । यो फिल्टर १०० डिग्री सेल्सियससम्म तातो भएपछि शुद्ध कार्बनडाईअक्साइड जम्मा गर्ने काम गर्छ ।

यस प्रविधिलाई डायरेक्ट एयर क्याप्टर सिस्टम नाम दिएको छ । स्विस कम्पनी क्लाइमवक्र्सले यसको निर्माण गरेको हो ।

मेसिनले एक बर्ष ९ सय टन कार्बनडाईअक्साइड वायुमण्डलबाट जम्मा गर्न सक्छ । कम्पनीले जम्मा गरेको कार्बनडाईअक्साइडलाई तरकारी उत्पादन गर्ने किसानलाई ६ सय अमेरिकी डलर प्रतिटन बिक्री गर्ने गरेको छ ।

शुद्ध कार्बनडाईअक्साइड धेरै प्रकारमा उपयोग गर्न सकिन्छ । कार सिटदेखि टूथपेस्ट र ई–डिजल बनाउन प्रयोग गरिन्छ ।

अमेरिकामा कार्बनडाईअक्साइडको व्यपार दिन दुई गुणा रात ४ गुणामा भईरहेको छ ।

कतिको व्यवहारिक छ ?

क्लाइमवक्र्सका सह-संस्थापक इयान वर्जबेकरले भने,‘पहिलो पटक सिओटु व्यावसायिक रुपमा बिक्री गरिएको छ, यो हाम्रो तर्फबाट पहिलो प्रयास हो ।’

उनका अनुसार अहिले यो प्रविधि महंगो छ । र, हामी लागतलाई १ सय डलर प्रति टनसम्म ल्याउने कोशिसमा छौं । यो प्रविधिलाई फैलाएर लागतलाई कम गर्न सकिन्छ ।

यो कम्पनी सन् २०२५ सम्ममा कार्बनडाईअक्साइडको आधरभूत उत्सर्जनको एक प्रतिशत वायुमण्डलबाट निकाल्ने सोचमा छ । यस प्रयासका लागि यस्तै ७ लाख ५० हजार मेसिन जोड्नु पर्ने हुन्छ । साथै, यसलाई चलाउन धेरै उर्जाको आवश्यकता हुन्छ ।

डाइरेक्ट एयर क्याप्चर सिस्टिमा क्यानडाका २ कम्पनी कार्बन इन्जिनियरिङ कम्पनी र फिनिश जर्मन कन्सोर्सियम काम गरिरहेको छ ।

ढिलो भइसकेको छ ?

विशेषज्ञहरु यो प्रविधि व्यावहारिक हुनेमा शंका गरिरहेका छन् । केहि मानिसहरु भने वायुमण्डलमा कार्बनडाईअक्साइडको मात्र नियन्त्रणमा राख्ने मौका संसारले गुमाइसकेकाले यस प्रकारको प्रविधिको आवश्यक भएको बताउँछन् ।

इयान वर्जबेरले भने, ‘२० बर्षअघि कार्बन उत्सर्जनलाई कम गर्ने कुरा गर्नु सहि थियो, तर सन् २०५० सम्म वायुमण्डलमा १० गिगा टन कार्बनडाईअक्साइड हरेक बर्ष निक्लिनु पर्ने हुन्छ ।’

अहिले कार्बनडाईअक्साइड ग्यासको मात्रा वायुमण्डलमा ०.०४ प्रतिशत छ ।


पुष्प दुलाल