यी ४ शुत्र, जसले बाबाहरुलाई व्यवसायमा सफल बनायो



दिल्ली । हाल संसारमा यस्ता पनि बाबा छन्, जसले अर्बौंका बिजनेस चलाएका छन् । यसमा सबैभन्दा माथि रामदेव छन् । रामदेवको पतन्जलीले मल्टि नेशनल कम्पनीहरुलाई चुनौति दिँदै आफ्नो व्यवसाय स्थापित गर्न सफल भएको छ ।

रामदेव जस्तै श्री श्री रविशंकरले पनि आफ्नो बिजनेशलाई तीब्र गतिले अगाडि बढाएका छन् । त्यस्तै, बाबा रामरहिमले पनि आफ्नो कम्पनी एमएसजी र ट्रडिङमार्फत् १ सय ५० भन्दा धेरै एफएमसीजी प्रोडक्ट बिक्री गरिरहेका छन् ।

आज हामी तपाईंलाई भारतका प्रमुख व्यावसायीक बाबाजीहरुको बारेमा बताउँदै छौँ । यो नयाँ प्रविधिको युगमा पनि कसरी यी बाबाहरुले आफ्नो बिजनेशलाई उचाइमा पुराएका छन् ।

आम जनताको विश्वास 

आधुनिक बाबाहरु सबैभन्दा पहिला आम जनताहरुको विश्वास जित्ने गर्छन् । बिज्ञापन गुरु प्रह्लाद कक्कणका अनुसार बाबा रामदेवले सबैभन्दा पहिला मानिसहरुलाई फ्रिमा योग सिकाए । त्यसपछि उनले देशभर एउटा यस्तो माहोल बनाए कि विदेशी कम्पनीहरुले भारतमा आफ्ना उत्पादनहरु बेचिरहेका छन् । र, फाइदा कमाएर विदेश पढाइरहेका छन् । यस कारणले देशले घाटा बेहोरी रहेको छ ।

त्यसपछि उनले आफ्नो उत्पादन बजारमा ल्याए । यसैक्रममा बाबा राम रहिमका अनुयायीहरु कम हुन थाले । उनले कयौँ प्रकारका च्यारेटी र मेडिकल सुविधाहरु प्रदान गरेर लाखौँ मानिसहरुको मन जिते । आज यी मानिसहरु बाबाले भने पछि जे पनि गर्न तयार हुने गर्छन् ।

फलोअर्स 

सबै बाबाहरुको बिजनेस एम्पायरको पछाडि उनीहरुको लाखौँ फलोअर्सको ठूलो भुमिका हुने गरेको छ । मोर्डन बाबाका फलोअर्सको उनीहरुमा भएको गहिरो आस्था हो । मोर्डन बाबा आफ्ना फलोअर्सहरुसँग व्यक्तिगत रुपमा नै मिलेका हुन्छन् । र, उनीहरुको समस्याहरुलाई हटाउने विश्वास दिलाउछन् । प्रह्लाद कक्कणका अनुसार अहिलेको समयमा भारतमा नेताहरुको प्रतिष्ठा नराम्रो देखिएको छ । हिरोका रुपमा क्रिकेटर वा फिल्म स्टारर्सलाई हेरिने गरिन्छ । तर, यो हिरोहरु मानिसहरुको समस्यालाई हटाउन सक्दैनन् । यस्तो अवस्थामा मोर्डन बाबाहरु मानिसहरु माझ पुगेर उनीहरुको समस्यालाई हटाउने एउटा जादुगरका रुपमा आइपुग्ने गर्छन् ।

उनीहरु मानिसलाई यो विश्वास दिलाउछन् कि बाबा आफैंले उनीहरुको दुख र समस्यालाई हटाउने छन् । यस्तो अवस्थामा अशिक्षित तथा सोजा साजा गरिब जनता उनीहरुको भावनामा बग्ने गर्छन् ।

दैनिक प्रयोग हुने वस्तु

त्यसपछि आधुनिक बाबाहरु मानिसहरुलाई सधै जसो आवश्यक पर्ने उत्पादनहरु लन्च गर्न थाल्द छन् । जस्तै साबुन, टुथ्पेस्ट र मसाला जस्ता सब घरायसी सामान बजारमा ल्याउँछन् । यो आम जनताहरुको आवश्यता हो । जसमार्फत सजिलै आफ्नो फलोअर्समा विश्वास बनाइ राख्ने काम गर्छन् ।

बाबा राम रहिमले दैनिक प्रयोग हुने लगभग १ सय ५० बस्तुहरु भारतीय बजारमा लन्च गरेका छन् । यस्तै बाबा राम रहिमका लाखौँ फलोअर्सहरु ती प्रोडकहरु किन्ने गर्छन् । त्यसैगरी आर्ट अफ लिविङका संस्थापक श्री श्री रविशंकरले पनि आफ्ना फलोअर्सहरुका लागि प्रोडकहरु लन्च गरेका छन् ।

जनविश्वासलाई कन्जुमरमा बदल्नु

एडगुरु लिलीप चेरियनका अनुसार भारतमा जती बाबाहरु छन् उनीहरुको बिजनेस स्ट्रेटजी सरल रहेको छ । उनीहरु सबैभन्दा पहिला ब्राण्डको बिकल्पको रुपमा आफ्नो परर्सन्यालीटीलाई बढाउने गर्छन् । जसरी मानिसहरु एउटै ब्राण्डमा विश्वास गर्ने गर्छन् । त्यसरी नै बाबाहरु आफ्नो फलोअर्सको भक्तिलाई आफ्नो लागि विश्वासको रुपमा बदल्छन् । त्यसपछि गएर यही विश्वास कन्जुमर कन्फीडेन्टमा परिवर्तन हुने गर्छ ।

बाबाहरुलाई यसबाट २ वटा फाइदा हुनेगर्छ । पहिलो उनीहरुको उत्पादनहरु मानिसहरुमा तीब्र प्रशिद्ध हुन्छ । दोस्रो बाबाहरुले लन्च गरेको गरेको उत्पादन बेच्नको लागि ब्राण्ड एम्बेस्टर आवश्यक पर्दैन । उनीहरु आफ्नो उत्पादनको लागि आफै ब्राण्ड एम्बेस्डर बन्ने गर्छन् । जसरी बाबा रामरहिमले पनि आफ्नो फलोअर्सको लागि प्रोडक लन्च गरेका छन् । उनका उत्पादन उनको फलोअर्स माझ नै बिक्ने छ ।

नेटवर्किङ

आफ्ना उत्पादनलाई चर्चामा ल्याउनको लागि सुरुमा बाबाहरु आफ्नो फलोअर्सको साहारा लिने गर्छन् । ती उनीहरुको लोयल कस्टोमर हुने गर्छन् । जसको माध्यमबाट पब्लिसिटी हुनाले उनीहरुको उत्पादन मानिसहरु माझ पुग्ने गर्छ ।

फलोअर्सको नेटवर्किङ नै उनीहरुको सबैभन्दा ठूलो हतियार बन्नेगर्छ । जुनपछि गएर बिजनेस एम्पायरमा परिणत हुनेगर्छ । त्यसबाहेक दैनिक प्रयोग हुने कुराहरु प्रयोग हुनाले उनीहरुको फलोअर्स दैनिक बढ्ने गर्छन् । दैनिक भाष्करबाट


पुष्प दुलाल