रिलायन्स लाइफको कारोबार सुरु



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो कारोबार सुरु गरेको छ ।

नयाँ बानेश्वरको कृष्ण टावरमा कर्पोरेट कार्यालय रहेको इन्स्योरेन्सले शुक्रबारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको हो ।

कम्पनीका अध्यक्ष ताराचन्द्र केडियाले नेपालीको आयस्तर बढेको हुँदा बीमा व्यवसया बढ्ने बताए ।

कम्पनीको अन्य संचालकमा पवनकु्मार अग्रवाल,भरतकुमार तोडी र सुन्दरकुमार कंडेल रेहका छन् ।

कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा निराजन कंडेल तथा महाप्रवन्धकमा एसके तमोट रहेका छन् ।

कम्पनीमा ११३ जना प्रवद्र्धक रहेका छन् । अहिले १ अर्ब ४७ करोड चुक्ता पुँजी भएको कम्पनीले सर्वसाधारणको लागि ६३ करोड रुपैयाँको सेयर जारी गर्ने छ ।

सर्वसाधारणलाई सेयर जारी गरेपछि रिलायन्सको चुक्ता पुँजी २ अर्ब १० करोड पुग्ने छ ।


क्लिकमान्डु