बैंकमा रोजगारी खोज्नेलाई एनआईसी एसियामा मौका, दर्जनौ कर्मचारीको माग



काठमाडौं । एनआइसी एसिया बैंकले एक दर्जन भन्दा बढी पदमा रोजगारीको अवसर दिने भएको छ । बैंकले जुनियर अधिकृत देखि डेपुटी म्यानेजर सम्मको लागि आवेदन मागेको हो ।

बैंकले एक जना हेड एग्रिकल्चर फाइनान्सिङ डेपुटी म्यानेजर, एक जना हेड इनर्जी फाइनान्सिङ डेपुटी म्यानेजर, डेपुटी हेड ट्रेडिङ एन्ड म्यानीफ्याक्चरीङ एसिसटेन्ट म्यानेजर, डेपुटी चिफ सेन्ट्रल सपोर्ट सर्भिस म्यानेजर, हेड समान्य प्रशासन तर्फ म्यानेजर पदमा आवदेन मागेको छ ।

बैंकले हेड प्रोजेक्ट डिपार्टमेन्ट एसिसटेन्ट म्यानेजर, रिलेसनसिप म्यानेजर अफिसर्स, क्रेडिट अफिसर्स, टेक्नोलोजि अफिसर्स, डिजिटल बैंकिङ अफिसर्स, लोन रिकोभरी डिपार्टमेन्ट जुनियर अफिसर्स, एटिएम सेल म्यानेजमेन्ट जुनियर अफिसर्स मागेको छ ।

त्यस्तैगरी ब्रान्च अफरेसन जुनियर अफिसर्स लगायत पदहरुमा रोजगारीको अवसर बैंकले खोलेको हो । बैंकले नोभेम्बर १५ देखि २९ भित्र आवेदन दिनसक्ने सूचना मार्फत जानकारी गराएको छ ।


क्लिकमान्डु