नेपाल लाइफले कमायो १७ करोड, तीन महिनामै बीमाशुल्क ३ अर्ब ५५ करोड



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो ३ महिना अर्थात असोज मसान्तसम्ममा १७ करोड ७४ लाख नाफा कमाएको छ । कम्पनीले गत बर्षको पहिलो ३ महिनामा ५ करोड ८९ लाख नाफा कमाएको थियो ।

कम्पनीले सो अबधिमा गत आबको पहिलो त्रैमासको तुलनामा बीमा शुल्क आर्जन १ अर्ब भन्दा बढिले रुपैयाँले बढाएको छ । कम्पनीले पहिलो त्रैमासमा ३ अर्ब ८० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आबमा २ अर्ब ७० करोड बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब १५ करोड रहेको छ भने, बीमा कोष ४३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

यस अबधिमा कम्पनीले ९ हजार २ सय ३४ दबी बापत १ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २२.९२ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु